बाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, कयौँका आफन्त बाटोमै अलपत्र

काठमाडौ । पूर्वी नवलपरासीको अरुणखोलामा बनाएको डाइभर्सन बाढिले फेरी बगाएको छ । डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आइतबार साँझ साढे ६* बजे आएको बाढीले डाइभर्सन बगाएको हो ।

पुल भाँचिएपछि डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । पूर्बबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुल^को एकतर्फी भागमा ठक्कर दिदा पुल भाँचिएको थियो ।

पुल भाँचिएपछि त्यहाँ अस्थायी डाइभर्सन बनाईएको थियो । डाइभर्सन बगेपछि बुटवल हुँदै पश्चिम जाने र पूर्वतर्फ आउने सवारी साधन र यात्रु अलपत्र परेका छन् । अहि#ले पूर्बपश्चिम राजमार्ग पुर्णरुपमा अबरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

भासिएको पुलबाट पैदल, साईकल यात्री र मोटरसाईकल यात्रीलाई मात्रैं हिँड्न दिइएको थियो । ठूला सवारीहरु डाइभर्सनबाट एकतर्फी रुपमा सञ्चालन हुँदै आएका थिए । पुलको श@निवार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले निरीक्षण गरेका थिए ।

© Copyright by The News Nepal
Designed By Appharu