सडकमाथिबाट खसेको ढुंगासँगै तुहियो धनबहादुर सपना

काठमाडौं । लगातारको वर्षापछि देशका विभिन्न ठाउँहरुमा सडक दुर्घटनाका खबरहरु आइरहेका छन् । पाल्पा*को सिद्धबाबामा पहिरोले बगाएर एक जनाको ज्यान गएको छ । निस्दी गाउँपालिका ४ मित्यालका ३० वर्षीय धनबहादुर सुनारीको मृत्यु भएको हो ।

बुटवल–पाल्पा सडकखण्डअन्तर्गत हेडबक्स र रामापिथेकसबीचमा माथिबाट खसेको ढुंगासँगैको पहि^रोले शनिबार दिउँसो करिब साढे दुई बजे उनलाई बगाएको थियो । उनको शब बेलुका साढे ५ बजेतीर निकालिएको प्रहरीले जानकारी दिएको छ ।

उनले चलाएको लु ५० प ४६७१ नम्बरको मोटरसाइकल सडकबाट खोलामा खसे%को थियो भने उनी भीरमा अड्किएका थिए ।

सडकमा माथिबाट चट्टान सहितको पहिरो आएकाले सुचारु हुन अझै ३–४ घण्टा लाग्ने दोभान प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक बालबहादुर घर्तीमगरले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि अहिले उक्त* क्षेत्रमा सयौँ सवारीसाधन बाटोमै रोकिएका छन भने हजारौं यात्रु अलपत्रमा परेका छन् ।

© Copyright by The News Nepal
Designed By Appharu