भारतीय बाँध र सडकले नेपाल डुबाउँदा हेरेर बस्न सकिन्न : विप्लव

काठमाडौ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समू&हका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले भारतीय बाँध र विशाल सडकका कारण नेपालमा डुबान भएको दावी गरेका छन्। उनले भारतको असमान ब्यवहारका कारण नेपाली नागरिक डुबिरहेको हेर्न नसकिने भन्दै भारतलाई ठाडो प्रश्न गरेका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै उनले भारतसँग भएका असमान सन्धि सम्झौता स्मरण गर्दै नेपाल–भारत सीमानामा बनेका बाँध, तटबन्ध र सिमानासँग टाँसेर बनाइएका विशाल सडकहरु डुबानका प्रमुख कारण रहेका ब*ताएका हुन् । बिहीबारदेखि देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षति भएको छु, विप्लवले भनेका छन्, ।

प्रकृतिमाथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पूर्वतयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सी^मानासँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ विप्लवले भनेका छन् ।

विप्लवले प्राकृतिक विपदमा परेर ज्यान गुमाएकाप्र$ति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धारमा पनि जुट्न भनेका छन्। प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ, विप्लवले भनेका छन्, पीडित परिवारजनप्रति पार्टी सहानुभूति व्यक्त गर्दछ ।

मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षति*को उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ । उनले प्राकृतिक विपदमा परेकाको उद्धारमा जुट्न पनि अपिल गरेका छन् । सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गर्दछौँ, विप्लवले भनेका छन्।

© Copyright by The News Nepal
Designed By Appharu