पूर्व–पश्चिम राजमार्गमा नेपाल सरकारले १२ घण्टामा बनायो पुल : रोकिएका हज्जारौ सवारी सुचारु

धनुषा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा बाढीले पुल बगाएको भब्सी नदीमा ने&पाल सरकारले १२ घण्टा नपुग्दै पुल बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।

बेलीब्रिज जडान गरेर पूर्वपश्चिम राज*मार्ग सुचारु गराएको कार्यालयका प्रमुख इन्जिनियर बिनोद मौवारले जानकारी दिए। सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउँने सरकारी संरचनाले यहाँ भने काम गरेर देखा&एका छन् । अहिले राजमार्ग सुचारु भएको छ ।

जाममा परेका हज्जारौ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवत^जावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालि$त छन्। शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर हजारौँ सवारी साधन अलपत्र थिए।

© Copyright by The News Nepal
Designed By Appharu