खुःशीको खबर : आवेदन दिनको लागि लोकसेवा आयोगले थप्यो म्याद

काठमाडौं । लामो समय देखि विवादित बन्दै आएको लोकसेवा आयोगले आवेदनको लागि म्याद थप भएको छ । आज अर्थात असार ३ गतेसम्म अन्तिम म्याद भनिएकोमा म्याद थपि गरेर असार १० गतेसम्म पुर्याइएको हो । मंगलबार नै बसेको आयोगको बोर्ड बैठकले असार १० गतेसम्म म्याद थप गर्ने निर्णय गरेको जानकारी दिएको छ । आयोगको वेबसाइटमा समस्या देखिँएको कारण अन्तिम मितिमा स्थानीय तहका लागि आवेदन दिने आवेदक समस्या परेका थिए ।

आयोगले एकै पटक नौ हजार भन्दा बढी कर्मचारीको लागि आवेदन खुलाएको हो । यो विज्ञापन समावेशि नभएको भन्दै केही व्यक्तिहरुले विरोध गर्दै आएका छन् । यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कसैले विरोध गर्दैमा लोलसेवा आयोगको विज्ञापन फिर्ता नलिने बताउनु भएको छ ।

उहाँले संसदको राज्य व्यवस्था तथा सुशासन समिति कानुन विपरीत गएर विज्ञापन रद्ध गर्ने निर्देशन दिएको दाबी समेत गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपाल ९४ मेगाहर्जको दैनिक कार्यक्रम ‘मूलप्रवाह’ मा कुरा गर्दै मन्त्री पण्डितले आवश्यकतालाई ध्यानमा राखेर संविधानअनुसार विज्ञापन गरेका कारण यसमा राजनीति गर्नुको कुनै अर्थ नरहेको समेत स्पष्ट पार्नुभएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu