कर्णाली जीप दुर्घटना : चिसोका कारण सेनाले उद्धार गर्न सकेन !

काठमाडौं । जनप्रतिनिधिसहित नदीमा खसेको गाडी फेला पर्न सकेको छैन । सुर्खेतको खार्पुनाथ गाउँपालिका–५ बेणुबिसौना र कैलेबालु भन्ने स्थानको सडकबाट लु१ज ७१६६ नम्बरको महेन्द्र पिकअप गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको हो । सुर्खेतको खार्पुनाथ–५ मा पर्ने बेणुबिसौना र कैलेबालु भन्ने ठाउँबाट आज अपराह्न गाडी दुर्घटना भएको हो ।

बेपत्ता हुनेमा १० जना पुगेको छ । घटनास्थल रहेका खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीका अनुसार दुर्घटनामा १० जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्दु शाही हमाल, उहाँका भाइ चन्द्र हमाल, गाडीका चालक मणि शाही, ढुक्कु भण्डारी नामले चिन्ने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणित भएको छ । यसैगरी खार्पुनाथ गाउँपालिका–१ काकौर कामी र उहाँको दुई वर्षको बालकसमेत बेपत्ता भएका छन् ।

दुर्घटनामा गाडीको वल्डिङ गर्न गएका एक जना मिस्त्रीसमेत परेका छन् तर उनको परिचय खुल्न सकेको छैन । लु१ज ७१६६ नंको जीप खार्पुनाथ गाउँपालिका बेडुबिसौना र कैलेवालुको खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिनुभयो । दुर्घटनास्थलमा नेपाली सेनाका चार वटा हेलिकप्टर खटाइएको छ ।

गाडी दुर्घटना क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी खोजीमा परिचालित गरिएको सहायक प्रजिअ अमहेशकुमार पोखरेलले जानकारी दिनुभयो । अहिले कर्णालीको पानी चिसो भएका कारण पनी खोजि कार्यमा ढिलाई भएको जानकारी प्राप्त भएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu