प्रधानमन्त्री पत्नीमाथि लाग्यो यस्तो गम्भीर आरोप

काठमाडौं । नेपालमा भ्रष्ट्राचार विरुद्ध समयसमयमा आवाज उठ्दै आएको छ । उच्च पदस्थ व्यक्तिहरुलाई कारबाही हुन नसकेको आरोप पनी लाग्ने गरेको छ । विश्वमा यस्ता धेरै देशहरु छन जहाँ भ्रष्ट्राचार मुद्धामा राज्यका उच्च पदमा रहेका व्यक्तिहरु पनी जेल जानु परेको छ । यसको उदाहारणको लागि हामीले पाकिस्तानमा हेर्न सक्छौ ।

पाकिस्तानमा पुर्व प्रधानमन्त्री नवाज शरीफलाई भ्रष्ट्राचार मुद्धामा जेल हालिएको छ । यो बिचमा अहिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूकी पत्नीले सरकारी रकमको दुरुपयोग गरेको स्विकारेकी छिन् । अब उनले १५ हजार डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । सारा नेतान्याहूमाथि प्रधानमन्त्री निवासमा भान्से नभएको बहाना देखाउँदै बाहिर खानामा ९९ हजार तीन सय डलर खर्च गरेको आरोप लागेको छ ।

गएको वर्ष प्रधानमन्त्री पत्नी साराविरुद्ध ठगी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा दायर गरिएको थियो । तर साराका अधिवक्ताले भने यो मुद्दा उनीसँग सम्बन्धित नभएको र उनको पतिलाई नोक्सान पुर्याउने प्रयास भएको बताए । यरुशलम पोस्ट अनुसार, अब प्रधानमन्त्री नेतान्याहूकी पत्नीको आपराधिक रेकर्ड पनि भएको छ ।

सम्झौता अनुसार, अब सारा नेतान्याहूले १२ हजार चार सय ९० डलर सरकारलाई फिर्ता गर्नुपर्ने हुन्छ । उनीमाथि दुई हजार सात सय ७७ डलरको जरिवाना पनि लगाइएको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu