नेपाली गोरखा सैनिकबारे बोल्यो बेलायत, दियो सबै चकित पर्ने यस्तो बयान

बेलायतका रक्षा राज्यमन्त्री मार्क लाँकास्टरले बेलायतीहरूको हृदयमा नेपाली गोरखा सैनिकको विशेष स्थान रहेका बताएका छन् । बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा ब्रिटिस गोरखा ब्रिगेडले आयोजना गरेको कार्यक्रममा बोल्दै लाँकास्टरले सो कुरा बताएका हुन् ।

गोरखाहरू गतिशील, खुसी, समुन्नत र दुरदर्शी नेपालका असाधारण राजदूतहरू रहेको बताउँदै प्रधानमन्त्री ओलीसँग नेपालमा भेट हुँदा आफूले गोरखा व्रिगेडमा काम गर्दा उनीहरूसँगको सम्बन्ध विशेष सम्बन्ध भएको बताएको स्मरण गराए ।

उनले दोस्रो विश्वयुद्धका बेला गोर्खा ब्रिगेडका सबै मुख्य कम्पनीहरूले युद्ध लडेको र उनीहरूको इतिहास उन्नाइसौं, बीसौं र एक्काइसौं शताव्दीका मुख्य द्वन्द्वहरूमा अदम्य सहासका कथाहरूले भरिएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि,

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीले ‘बदनियतपूर्वक’ कानुनविपरीतका क्रियाकलाप गरेर आफन्तलाई उत्तीर्ण गराएको भेटिएको छ । उच्च स्रोतका अनुसार प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्ममा उनीहरुले अस्वाभाविक चलखेल गरेका हुन् ।

सेवा आयोगका पदाधिकारीहरुले प्रश्नपत्र निर्माणदेखि उत्तरपुस्तिका कोडिङ, परीक्षण र नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगका पदाधिकारी संलग्न गराएनन् । त्रिवि सेवा आयोगमा लोकसेवा आयोगका सदस्य पदेन सदस्य रहने व्यवस्था छ । उत्तरपुस्तिकामा तीन पटकसम्म केरमेट गरिएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

© Copyright by The News Nepal
Designed By Appharu