नेपाली कांग्रेस प्रति जनताको आकर्षण बढ्यो, ३१ हजार ६४२ ले गरे पार्टी प्रवेश

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको बताएको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गर्ने बताएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी प्रति आर्कषण बढ्दै गएको बताउनुभयो । उहाँले जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम गरिएको स्पष्ट पार्नुभयो । ३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको शर्माले जानकारी दिनुभयो ।

यसरी पार्टी प्रवेश गर्नेमा बहुसंख्यक सत्तारुढ नेकपाका नेता–कार्यकर्ता रहेका छन् । उनीहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने कांग्रेसले बताएको छ । जागरण अभियानबारे असार दोस्रो सातासम्म प्रतिवेदन बुझाउन भनिएको छ । असार तेस्रो साता केन्द्रीय कार्यसमितिको बैठक बसेर समीक्षा गर्ने भएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu