६ दिनदेखि वेपत्ता विमान सेनाले पत्ता लगाउँन सकेन [सुचना दिनेलाई ५ ला पुरस्कार]

काठमाडौं । गएको केही दिन देखि हराइरहेको भारतीय वायु सेनाको विमान फेला पर्न सकेको छैन । वायुसेनाको ६ दिन देखि वेपत्ता विमान एऐन ३२ बारे अहिलेसम्म कुनै जानकारी मिलेको छैन ।

भारत र चीन सीमाक्षेत्रमा प्रवेश गरेको विमान हराएको हो । यो बिचमा अहिले वायु सेनाले यस बारेमा सुचना दिने व्यक्तिलाई ५ लाख भारु दिने घोषणा गरेको छ । यो घोषणा एयर मार्शल आरडी माथुर एओसी इन कमान्ड, इस्टर्न एयर कमान्डले दिएका हुन् ।

उनका अनुसार वेपत्ता एऐन ३२ का बारेमा जानकारी दिने व्यक्ति वा समुहलाई सेनाले ५ लाख दिने भएको हो । यस सम्बन्धमा विंग कमान्डर र रक्षा पीआरओ रत्नाकर सिंहका अनुसार विमानबारे जानकारी दिनको लागि ४ वटा नम्बर छुट्याइएको छ ।

यदी कसैले वेपत्ता विमान फेला पारेमा ०३७८३२२२१६४, ९४३६४९९७७, ९४०२०७७२६७, ९४०२१३२४७७ नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुन्छ । खराब मौसमका बिच पनि विमानको खोजिकार्य तिव्र भएको छ । भारतीय ५ लाख भनेको नेपालको ८ लाख भन्दा धेरै हुन्छ ।

विमान हराएको क्षेत्रमा गएको केही दिन देखि हावाहुरी सहित वर्षा भइरहेको कारण खोज्ने काममा समस्या भएको जानकारी दिइएको छ । हराइरहेको विमानमा १३ जना यात्रु सवार थिए । विमान खोज्ने कार्य तिव्र रुपमा भइरहेको जानकारी दिइएको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu