सरकारले रोजगार कार्यक्रम उद्घाटन गरेपछि कोरिया जान परीक्षा दिनेहरुको लर्को लाग्यो

काठमाडौं । एकातिर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्घाटनका बेला प्रधानमन्त्री केपी ओलीले शुक्रबार भक्तपुरमा भन्नु भएको थियो, ‘काम नपाएर अब कोही नेपाली बिदेसिनुपर्दैन ।’

प्रधानमन्त्रीको आसलाग्दो भाषण सुनेकै भोलिपल्ट संखुवासभा, चेवाका २१ वर्षीय कर्णबहादुर अधिकारीले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा दिए ।

तीनकुनेस्थित भीएस निकेतन केन्द्रबाट परीक्षा दिएका उनले भने, ‘दक्षिण कोरिया जाने पहिलो खुडकिलो भनेकै भाषा पास गर्नु रहेछ । त्यसैले परीक्षा दिएको हुँ ।’ अधिकारी शंकरदेव क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तेस्रो वर्षका विद्यार्थी हुन् ।

तीन वर्षअघि गाउँ छाडेर उच्चशिक्षाका लागि काठमाडौं छिरेका उनलाई आर्थिक समस्याले गर्दा कोरिया जाने योजनामा पुर्‍यायो । एसएलसी पहिलो र प्लस टु दोस्रो श्रेणीमा पास गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यो पनि, बैंकहरु स्रोत नखुलेका रकम बचत गर्न मान्दैनन् । आम्दानीको स्रोत खुलाएर मात्र रकम जम्मा गर्छन् । तर, सहकारीहरु भने स्रोत नखुलेको जति पनि रकम जम्मा गर्न तयार हुन्छन् । पछिल्लो समय अवैध आर्जन गरेको रकम जम्मा गर्ने माध्यम बनेका छन् सहकारी ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन कार्यान्वयन नहुँदा सहकारी क्षेत्र कालो धन जम्मा गर्ने थलो बनेको हो । यसबाट समग्र वित्तीय क्षेत्रमा जोखिम बढ्न थालेको छ ।

सम्पत्ति शुद्धीकरण निर्देशिका कार्यान्वयन हुन नसक्दा सहकारी क्षेत्रमा गैरकानुनी, कालो धन लुकाउन प्रयोग भएका अर्थविद्हरुले आशंका गरेका छन् । सहकारी विभागले २०७४ मा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई निर्देशन जारी गरेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

© Copyright by The News Nepal
Designed By Appharu