विमान दुर्घटना : २ जनाको मृत्यु, थप जानकारी आउँन बाँकी !

काठमाडौं । हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको ज्यान गएको छ । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको हो ।

म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले जानकारी दिएको छ ।

विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा समस्या भएका कारण विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अध्ययनमा देखिएको छ । दुर्घटना सम्बन्धी आवश्यक थप अनुसन्धान भइरहेको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu