प्रधानमन्त्री ओली पत्नीसहित युरोप प्रस्थान, यस्ता छन् कार्यक्रमहरु ?

काठमाडौं । साता लामो भ्रमणका लागि प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा निस्किनु भएको छ । प्रधानमन्त्री ओली आज साँझ जेनेभा प्रस्थान गर्नुभएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रममन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत रहनु भएको छ ।

प्रधानमन्त्रीले जेठ २७ गते जनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को शतवार्षिकीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनसँगै त्यहाँ केही द्विपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओली त्यही दिन २७ साँझ बेलायत जानुहुने भएको छ ।

प्रधानमन्त्रीले बेलायतमा केही उच्चस्तरीय भेटघाट गर्नुका साथै अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिने एक विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । जेठ २९ गते फ्रान्स पनि जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेलायतमा डा.सिके राउतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu