यसकारण प्रियंका चोपडालाई मन पराउँदैनन् सलमान खान [अनौठो छ कारण]

काठमाडौं । पछिल्लो समय अभिनेत्री प्रियंका चोपडा र अभिनेता सलमान खानको सम्बन्ध राम्रो नभएको चर्चा हुन थालेको छ । यो बिचमा प्रियंकाको फिल्म निर्माता सञ्जयलीला भन्सालीका साथ फिल्म ‘बाजीराव मस्तानी’ पछि एक पटक फेरि काम गर्ने कुराले निकै उत्साहित थिइन् ।

तर अब भने उनले यस फिल्ममा काम गर्ने अवसर गुमाइसकेकी छिन् । प्रियंकाले यस फिल्ममा काम गर्न नपाउनुको पछाडिका कारण सलमान खान हुन् । प्रियंकाले जति उत्साहित भएर सञ्जयलीला भन्सालीको अब आउने फिल्म साइन गरेकी थिइन् त्योभन्दा बढी निरास भएर उनले यस फिल्मबाट बाहिरिनु परेको छ ।

सलमान खान र प्रियंका चोपडाबीचको मनमुटावको लामो इतिहास नै रहेको छ । केही वर्षअघि डेविड धवनको फिल्म ‘मुझसे सादी करोगे’ मा सलमान खानले प्रियंकाका साथ काम गर्न अस्वीकार गरिदिएका थिए । फिल्मका दोस्रो अभिनेता अक्षयले पनि प्रियंकाका साथ काम नगर्ने भनेका थिए । तर त्यो अर्कै कथा थियो ।

तर सलमान खान र प्रियंकाबीचको मनमुटाब त्यति बेला झनै बढ्यो भयो जुन बेला प्रियंका आफैले निर्देशक अली अब्बास जफरसँग फिल्म ‘भारत’ मा सलमान खानको अपोजिट कास्ट गर्न अनुरोध गरिन् । निर्देशकले सलमानलाई मनाउनका लागि पटक–पटक गरेको कोसिसपछि सलमानले पनि हुन्छ भने तर फेरि अन्त्यमा आएर प्रियंकाले फिल्म छोडिदिइन् ।

त्यही बेलादेखि सलमान खान र प्रियंका चोपडाबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि सलमान खानका नजिकका साथीहरुले अब सलमान खान र प्रियंका चोपडालाई एकसाथ एउटै फिल्ममा हेर्नका लागि यो जुनीमा सम्भव नरहेको बताएका थिए । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu