नक्कली लाइसेन्सलाई सक्कली बनाउन खोज्दा अष्ट्रेलियन नागरिकता रद्द

नक्कली सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाएर अष्ट्रेलियन लाइसेन्स लिन खोज्ने एक ब्यक्तिको नागरिकता खारेज भएको छ । नौ वर्षअघि स्थायी बसोबासको अनुमति पाएका ती ब्यक्तिले अष्ट्रेलियाको सवारी चालक अनुमति पत्र लिनका लागि तेस्रो मुलुकबाट नक्कली लाइसेन्स बनाएको पाइयो ।

२६ वर्षे अलि हाइदरी नाम गरेका ती ब्यक्तिले सन् २०१० मा नै अष्ट्रेलियाको पर्मानेन्ट प्रटेक्सन भिसा पाएका थिए । अफगानिस्तान मुलका ती ब्यक्तिले सन् २०१४ मा नागरिकताका लागि आवेदन दिएका थिए ।

अफगानिस्तानबाट नक्कली सवारी चालक अनुमति पत्र बनाएको पाइएपछि उनको नागरिकता रद्द गरिएको हो । अष्ट्रेलियाको अध्यागमन विभागमा लिइएको एक अन्तरवार्ताका क्रममा उनको झुट पत्ता लागेको थियो ।

अन्तरवार्ताका क्रममा उनले लाइसेन्स बनाउनका लागि पाकिस्तानमा रहेका साथीलाई रकम तिरेका थिए । कुनै झन्झटविना नै काम पाउने अपेक्षाले उनले गलत बाटो रोजेको बयानमा भनेका छन् ।


अनुशन्धानका क्रममा ती ब्यक्ति अफगानिस्तानबाट पाकिस्तान, मलेसिया, इण्डिोनेसिया हुँदै अष्ट्रेलिया पुगेका थिए । ती ब्यक्तिले पटक पटक अष्ट्रेलियन नियमहरु मिचेको पनि पत्ता लागेको छ ।

© Copyright by The News Nepal
Designed By Appharu