विश्वकप क्रिकेट आजबाट सुरु, उद्घाटन खेलमा इंगल्याण्ड र दक्षिण अफ्रिका खेल्ने

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंगल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा आज दिउँसो एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।

विश्वकपको उद्घाटन खेलमा आयोजक इंगल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंगल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu