जेलमा जे हुन्छ थाहा पाउँने दुनियाँ सबै चकित

काठमाडौं । केही दिन पहिले एकजना कैदीबन्दी होटलमा आपत्तिजनक अवस्थामा भेटिएको कुरा धेरैलाई याद हुनुपर्छ । साओ पाउलो फेसन शोका मोडेलहरू नामी डिजाइनरहरूका वस्त्र लगाएर आकर्षक स्थानहरूमा क्याटवाक गर्न अभ्यस्त छन् । तर गत हप्ता उनीहरूले नामै नसुनिएका डिजाइनरहरूको सिर्जना एड्रियानो मारे उच्च सुरक्षा कारागारमा प्रदर्शन गरे ।

छानाको स्थानमा काँडे बारले छोपिएको कारागारको आँगनमा उनीहरूले कैदीले बनाएका वस्त्रहरू लगाए । फेसन शोमा भाग लिन पाएका कैदी डिजाइनरहरूले कारागारका भित्ताहरूमा टाँसिएर बसेर एक अर्काको सिर्जनाको प्रशंसा गरे । कतिपय आफ्नो सिर्जना पुरा गर्न काम गर्दै थिए ।

खैरो प्यान्ट र सेतो टिसर्ट लगाएका कैदीहरूका लागि रङ्गीन कपडाहरूमा सिर्जना गर्नु गर्विलो कार्य थियो । ब्राजिली फेसन डिजाइनर गुस्ताभो सिल्भेस्ट्रले परिकल्पना गरेको यो कार्यक्रम तीन वर्षदेखि चलिरहेको छ । यो कार्यक्रममा भाग लिने कैदीहरूका लागि तालिममा बिताएको हरेक १२ घण्टाको लागि एक दिन सजाय कम हुन्छ ।

धेरै जसो कैदीहरू लागू औषध ‌औसारपसार वा डकैतीका लागि सजाय पाएकाहरू हुन् । ती मध्येका एक फिलिप सान्तोस डा सिल्भाले यसले उनीहरूलाई शान्त रहन मद्दत गरेको र धुम्रपान नगर्न सहयोगी भएको बताएका छन् ।

अर्का कैदी ४१ वर्षिय फेडेलिसन बोर्गेसले भने, ‘मेरो सिर्जनालाई मोडेलहरूले लगाउँदा र अरूले मेरो सिर्जना मन पराउँदा मैले गर्व महसुस गरेँ ।’ यो विश्वमा जेलमा भएको एक अनौठो आश्चर्य भएको विश्लेषण गर्न थालिएको छ ।

बीबीसी

© Copyright by The News Nepal
Designed By Appharu