काखमा माकुरो आएपछि तर्सीएकी महिलाले गाडी खसाईन्

काठमाडौं । अमेरिकाको जर्जियामा एक महिलाले भ्यानबाट हाम्फालेर गाडीलाई नदीमा खसाएकी छन्। उनको काखमा माकुरा आएपछि तर्सेर उनी गाडीबाट हाम्फालेकी हुन्।

जर्जियाका सुरक्षाकर्मीहरूलाई उनले आफ्नो किया भ्यान इटोवा नदीको किनारमा लगेको र नदीमा कायाक डुंगा राख्न खोजेको बताइन्। तर एउटा माकुरो काखमा घस्रिएपछि आत्तिएर उनले भ्यान छोडिन् र त्यो गाडी नदीमा चोपलिएको हेरिबसिन्।

प्रहरीले एकजना ट्रूपरलाई बार्टो काउन्टीमा रहेको घटनास्थलमा पठाएको थियो । तर उनी त्यहाँ पुग्दा भ्यान नदीमा हराएको थियो र तत्कालै भेटिएन ।

गाडी चलाउने महिलाको बीमा कम्पनीले भ्यान खोज्नका लागि गोताखोरहरूका लागि पैसा तिर्ने बताएको छ । महिलाको पहिचान र माकुराको प्रजातिको खुलासा गरिएको छैन ।

द डेली मेलबाट

© Copyright by The News Nepal
Designed By Appharu