कान्स फेस्टिभलमा सहभागी हुन फ्रान्स पुगेकी प्रियंका कार्कीले हुबहु प्रियंका चोप्राको तस्विर कपी गरेपछि (तस्विरहरुसहित)

काठमाडौं, ७ जेठ । अभिनेत्री प्रियंका कार्की फ्रान्सको पेरिसमा छिन । उनि त्यहा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी हुन् । विश्वभरका सेलिब्रिटीहरुले आफ्नो सौन्दर्यता प्रदर्शन गर्न आउने कान्समा उनले रेड कार्पेटमा प्रस्तुती दिन भने बाँकी नै छ ।

फ्रान्स पुगेपछि प्रियंकाले केही हट तस्बिरहरु शेयर गरेकी छिन् । तस्विरहरु निक्कै रोचक छन तर उनले शेयर गरेका उक्त तस्विरमाथि आरोप लागेको छ । किनकी उनि भन्दा केहि दिन अगाडी नै बलिवुड तथा हलिवुड अभिनेत्री प्रियंका चोप्राले उस्तै प्रकारको तस्विर आफ्नो इन्स्टाग्राम मार्फत शेयर गरिसकेकी छिन । प्रियंका चोप्रा ३ वटा तस्विर कान्सलाई जनाएर अपलोड गरेकी छिन भने प्रियंका कार्कीले पनि ३ वटै तस्विर कान्सलाई डेडीकेट गरेर सार्बजनिक गरेकी छिन ।

फोटोहरुमा उनको स्टाइल दुरुस्तै प्रियंका चोपडासँग मिल्छ । यति सम्म कि पहिरन र तस्विरको ब्यागराउण्ड समेत झन्डै हुबहु छ। दुवैले बाथ टावल लगाएका छन भने प्रियंका कार्कीले अझ ओपन भएर तस्विर खिचाएकी छिन ।

तस्विरलाई कपि गरेको भनेर उनका फ्यानहरुले आलोचना पनि गरेका छन् भने कत्ति फ्यानहरुले यसलाई सकारात्मक रुपले नै लिनु पर्ने बताएका छन ।

प्रियंका कार्कीका तास्विरहरु हेर्नुहोस :

प्रियंका चोपडाका फोटोहरु हेर्नुहोस् :

© Copyright by The News Nepal
Designed By Appharu