“जय नेपाल नभनेर के जय भारत भन्ने ?” : देउवा

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले जय नेपाल भन्दा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कांग्रेसले जय नेपाल किन भनेको भन्ने प्रश्नको जवाफ दिएका छन् । देउवाले सञ्चारमन्त्रीको उक्त भनाई पागलपनको उपज भएको बताएका छन् ।

आईतबार अपरान्ह पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । राष्ट्रपति बिद्यादेवी भण्डारीले मेरो सरकार भन्दा कांग्रेसले अनावश्यक आलोचना गरेको बताउँदै कांग्रेसले पनि तत्कालीन राजा महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्न किन नछोडेको भन्दै प्रश्न गरेका थिए ।

यसै बिषयमा बोल्दै उनले भने “नेपालमा जय नेपाल नभनेर के ‘जय भारत’, ‘जय चीन’ भन्ने ?” उनले सञ्चारमन्त्रीलाई प्रतिप्रश्न गरेका छन् । साथै देउवाले सरकारले संघीय संसदमा पेश गरेको मिडियासम्बन्धि विधेयकमाथि पनि आपत्ति जनाएका छन् ।

उनले उक्त विधेयकले स तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको भन्दै संसद र सडक दुवै तर्फको आन्दोलनबाट फिर्ता गराउन बाध्य पार्ने चेतावनी दिए । उनले सञ्चारकर्मीहरुले यस बिषयमा गरेको आन्दोलनमा कांग्रेसको पुर्ण समर्थन रहेको बताए ।

यस्तो छ मन्त्रीले बोलेको
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसले निहुँ खोजेको आरोप लगाएका छन् । बिहिबार मन्त्रीपरिषद बैठकका निर्णयबारे जानकारी दिन सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले राष्ट्रपतिले “मेरो सरकार” भनेको बिषयमा कांग्रेसले निहुँ खोजिरहेको आरोप लगाएका हुन् ।

उनले राजा महेन्द्रले भन्ने गरेको “जय नेपाल” कांग्रेसले प्रयोगमा ल्याएको भन्दै राष्ट्रपतिले मेरो सरकार भन्दा बहषको बिषय बनाउँन नमिल्ने बताए ।

उनले २०१७ सालमा महेन्द्रले “जय नेपाल” शब्दको प्रयोग गरेको बताउँदै कांग्रेसले त्यसलाई किन नछोडेको भन्दै प्रश्न गरे । उनले बिपीले समेत चीन भ्रमणमा जाँदा “मेरो सरकार” , “मेरो देश” भनेको स्मरण गराउँदै सानो शब्दलाई लिएर कांग्रेसले सरकारसंग निहुँ खोज्न नमिल्ने बताए । उनले यति भनिरहँदा प्रमुख प्रतिपक्ष दल कांग्रेससंग सम्बन्ध भने नबिग्रिएको दाबी गरे ।

© Copyright by The News Nepal
Designed By Appharu