आज पनि हावाहुरीसहित वर्षाको सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाडौ । आज सोमबार पनि देशभरि आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि देशका विभिन्न ठाउँहरूमा हावाहुरीसहित वर्षा भएकाे थियाे ।

पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने एवं बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । सामान्य हिमपात पर्ने भए पनि आरोहणमा जानेहरुले भने सावधानी अपनाउनुपर्ने मौसमविद्हरुले जनाएका छन् ।

पानी पर्ने सम्भावनाका कारण देशभरको तापक्रम केही कम हुने महाशाखाको अनुमान छ । धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार रातिको समयमा देशभरि आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम सम्बन्धी विवरणः

वैशाख ३० गते (सोमबार)
दिउँसो: देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन वर्षाको सम्भावना रहेको छ । मध्य क्षेत्रका केहि स्थानहरूमा र पूर्वी तराईमा हावाहुरी को सम्भावना छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका पहाडी भूभागहरू र मध्य र पूर्वका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख ३१ गते (मंगलबार)
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

जेष्ठ ०१ गते (मंगलबार)
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।


राति: देशभरि आंशिक देखि सामान्य बदलि रही देशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।

© Copyright by The News Nepal
Designed By Appharu