१८ सय भन्दा बढि बिद्यार्थीहरु रहेको स्कुलमा अन्धधुन्ध गोली चल्यो

अमेरिका । अमेरिकाको एक स्कुलमा गोली चल्दा ८ जना घाईते भएका छन् । अमेरिकाको कोलोराडोस्थित डेनवर शहरमा रहेको एक स्कुलमा अन्धधुन्ध गोली चल्दा ८ जना घाईते भएका हुन् ।

हाईल्याण्डस रेन्च समुदायका स्कुलमा मंगलबार गोली चलेको हो । १८ सय भन्दा बढि बिद्यार्थीहरु रहेको स्कुलमा कसले गोली चलायो भन्ने अझै सम्म खुल्न सकेको छैन ।

प्रहरीले उक्त व्यक्तिको खोजीकार्य तिव्र बनाएको छ । यता प्रहरीले २ जना संकास्पद व्यक्तिलाई प्रक्राउ गरेको छ । घटना लगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।

त्यहीबाट संकापस्द २ जना प्रक्राउ परेका हुन् । घटनास्थलमा अझै पनि प्रहरी तैनाथ रहेका छन् । (एजेन्सीको सहयोगमा

© Copyright by The News Nepal
Designed By Appharu