रिसाएका महिला यसरी हुन्छन् प्रेमक्रिडामा सरीक

एजेन्सी, संसारमा सबैभन्दा बिशेष र नजिकको सम्बन्ध पति-पत्नी अथवा प्रेमी-प्रेमिकाबीचको सम्बन्धलाई मान्ने गरिन्छ। शारीरिक, मानिसक र भावनात्मक रुपमा निकट हुनाले पति-पत्नी अथवा प्रेमी-प्रेमिकाबीचको सम्बन्ध विशेष हुने गरेको हो। प्रेम जतिनै भएता पनि पति-पत्नी अथवा प्रेमी-प्रेमिकाबीच झगडा हुनु कुनै नौलो होइन।भन्ने गरिन्छ नि, जसलाई सबै भन्दा धेरै माया गरिन्छ उसैसँग धेरै झगडा पर्छ। व्यस्त जीवनशैलीको कारण एक-अर्कालाई उचित समय दिन नसक्दा दम्पति र प्रेमिल जोडी बीच दूरी पैदा हुन सक्छ।

यहि कारणले गर्दा विज्ञहरु जतिनै व्यस्त भएको अवस्थामा पनि आफ्नो प्रेमीसंग समपर्कमा रहन सल्लाह दिन्छन्। यस्तै विज्ञहरुका अनुसार झगडा, मनमुटावलाई प्रेम र रोमान्स देखि टाढा राख्नु पर्ने बताउँछन्। झगडा भएको अवस्थामा हुने शारीरिक सम्पर्क र रोमान्सले मनमुटावलाई कम गराउने विभिन्न अनुसन्धानहरुले देखाइसकेको छ। बिग्रिएको सम्वन्ध सुधार गर्न सेक्सले अहम भूमिका खेल्न सक्ने विज्ञहरुको भनाइ छ।

झगडानै भएता पनि यौन चाहना महिलामा पनि हुन्छ पुरुषमा पनि हुन्छ। तर आफ्नो चाहना बताउन महिलाहरु हिच्किचाउने हुँदा पुरुष आफैले इच्छा बुजिदिनु उचित हुन सक्छ। झगडा भएको अवस्थामा आफ्नो प्रेमिका अथवा श्रीमतीलाई यौन सम्पर्कको लागि फकाउँदा निम्न कुरामा ध्यान दिनुहोस्। महिलाहरु प्राय जसो भावनात्मक रहने गर्छन्। आफ्नो यौन इच्छा बारे बताउनु गाडी महिलाहरुलाई भावनात्मक रुपमा आकर्षित गर्न जरुरि हुन्छ। झगडा भएको विषयमा खुलेर कुरा गर्दा पनि धेरै संकोच हटेर जान सक्छ।

आफ्नो गल्ति भएको अवस्थामा पुरुषले राम्रैसँग माफी माग्ने गर्नुपर्छ। गल्ति प्रति पश्चाताप गरिरहेको भान हुनेगरी माफी माग्नु पर्छ। यस्तै महिलाको तर्फबाट गल्ति भएको अवस्थामा हप्काउने भन्दा पनि सम्झाउने गर्दा महिलाहरुको अगाडी पुरुषको भावनात्मक उपस्थिति बलियो हुन जान्छ। कमजोरी औंल्याउने र गाली गर्ने भन्दा पनि कमजोरी औंल्याएर सम्झाउँदा तिक्तता हट्न सक्छ।झगडा भएको विषयमा कुरा गरी आफ्नो भावनात्मक उपस्थिति बलियो बनाएपछि मात्र पुरुषले सेक्सको लागि कदमहरु चल्नु पर्छ। भावनात्मक रुपमा आफ्नो उपस्थिति थप मजबुत बनाउनको लागि पुरुषले कसिलो अंकमाल गर्दा पनि महिलाहरु विशेष महसुस गर्छन्। अंकमाल संगैको चुम्बनले पनि महिलाहरुलाई झगडा भुलेर प्रेम क्रिडामा सरिक हुन आकर्षित गर्न सक्छ।

चुपचाप यौनसम्पर्क गरेको महिलाहरुलाई मन पर्दैन वा एकदमै बलप्रयोग गरेर शरीरलाई कसेर राख्नाले नकारात्मक प्रभाव दिनसक्छ । त्यसैले मायालु भाषामा जिस्किन आवश्यक हुन्छ । यौन क्रिडाको क्रममा महिलाको शरीरलाई अनावश्यकरुपमा पीडा कहिले पनि दिन हुँदैन । ओठ, छाती र हातका औंलाहरुलाई उत्साहित पर्नाले पनि महिलाहरुलाई झगडा भुलेर महिलाहरु प्रेम क्रिडामा तल्लिन हुन बाध्य हुन्छन् । साथै यसले यौनसम्पर्कमा थप रोमान्स थप्ने गर्छ ।

यौन क्रिडा पश्चात पनि झगडा बारे कुरा गर्नाले र माफी माग्नाले सम्बन्धमा थप गहिराई थपिन सक्छ।

© Copyright by The News Nepal
Designed By Appharu