मन्दिरलाई लक्षित गरी शक्तिशाली बम विस्फोट, ५ जनाको घटनास्थलमै मृत्यु, २ दर्जन बढी घाइते

एजेन्सी । आज बिहानै शक्तिशाली बम विस्फोट भएको छ । बुधबार बिहानै पाकिस्तानको लाहोरमा रहेको डेटा दरबार मन्दिरबाहिर भएको शक्तिशाली विस्फोटमा कम्तीमा ५ जना मारिएको बताइएको छ ।

पाकिस्तानी समाचार एजेन्सी जीयो समाचारका अनुसार यस विस्फोटमा २४ जना भन्दा धेरै घाइते भएका छन् । मर्नेहरुमा ३ जना प्रहरी अधिकारी रहेको खुल्न आएको छ । बम विष्फोट कसरी भयो भने खुल्न नसकेको भन्दै अध्यन भइरहेको प्रहरीले बताएको छ । पाकिस्तानमा यो भन्दा पहिले पनि विभिन्न विस्फोट हुँदै आएका छन् ।

डीआईजी अपरेशन लाहोर अशफाक अहमद खानले तीन जना प्रहरी मारिएको कुरा पुष्टि गर्नुभएको हो । मर्नेहरुमा एक जना सुरक्षागार्ड र अर्का स्थानीय भएको बताइएको छ । घाइतेहरुको उपचारका लागि अस्पताल पठाइएको छ ।

घाइतेहरुमा धेरैको संख्या गम्भीर भएको हुनाले मर्नेहरुको संख्या बढ्न सक्ने देखिएको छ । अहिले त्यस क्षेत्रमा तनाव उत्पन्न भएको छ । प्रहरीले मन्दिर भित्र सर्वसाधारणलाई जान रोक लगाएको छ । यो आत्मघाती आक्रमण हो वा होईन अध्यन भइरहेको प्रहरीले जनाएको छ । Geo Tv

© Copyright by The News Nepal
Designed By Appharu