नरेन्द्र मोदीले राहुल गान्धीमाथि लगाए यस्तो गम्भीर आरोप

काठमाडौं , भारतमा अहिले आम निर्वाचन अन्तिम चरण तिर आइपुगेको छ । यो बिचमा नेताहरुले निर्वाचन आचारसहिता पालना नगरेको आरोप पनि लाग्दै आएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्व प्रधानमन्त्री राजीव गान्धीबारे आफूले गरेको टिप्पणी फिर्ता गर्न अस्वीकार गर्नुभएको छ ।

उत्तर प्रदेशको लखनऊमा आयोजित एउटा चुनावी सभामा सम्बोधन गर्दै मोदीले पूर्वप्रधानमन्त्री गान्धी देशको सबैभन्दा ठूलो भ्रष्टाचारी भएको टिप्पणी गर्नुभएको थियो ।

प्रतिपक्षी दल कांग्रेसका अध्यक्ष तथा राजीव गान्धीका छोरा राहुल गान्धीप्रति कटाक्ष गर्दै मोदीले भन्नुभएको थियो, ‘तपाईँका पितालाई उनका भारदारले मिस्टर क्लीन बनाइदिए । तर उहाँको जीवनकाल भ्रष्टाचारी नम्बर १ का रूपमा समाप्त भयो ।’

त्यसअघि राहुल गान्धीले मोदी रोजगारी र किसानको स्थितिबारे प्रत्यक्ष बहस गर्न डराएको बताउनु भएको थियो । राजीव गान्धीको सन् १९९१ मा एउटा चुनावी र्यालीमा भएको एउटा आत्मघाती बम विस्फोटनमा परेर मृत्यु भएको थियो ।

मोदीले गरेको टिप्पणीको कांग्रेस पार्टीले मात्र नभएर अरू विपक्षी दलहरूले पनि आलोचना गर्न थालेका छन् । यो बिचमा मरेको व्यक्तिको नाम लिएर मोदी आफु पन्छिन खोजेको आरोप लगाउनेहरु पनि उस्तै रहेका छन् ।

उहाँले आचारसंहिता विपरित बयान दिएको ब्याख्या हुँदै गर्दा एउटा अन्तर्वार्तामा मोदीले आफूले तथ्य भनेको भन्दै आफ्नो भनाइ फिर्ता नलिने जनाउनु भएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu