भर्खरै भएको जीप दुर्घटनामा ५ जनाको मृत्यु, ४ जना गम्भीर घाइते !

काठमाडौ । तिव्र गतिमा आइरहेको जीप दुर्घटनामा परेको छ । भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा भएको सडक दुर्घटनामा ५ जनाको मृत्यु भएको हो । यो दुर्घटना पधर उपमन्डल अन्तरगत पधर–बल्ह वाया डायना पार्क मार्गको फागनी (ठन्डा मगरू) नजिकै भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार एक मैक्स कैब जीप अनियन्त्रित गहिरो खोल्सामा परेको हो । यो घटनामा ५ जनाको ज्यान गएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन ।

घटना लगत्तै प्रहरी उत्त स्थानमा पुगेर उद्धार कार्य सम्पन्न गरेको प्ररीले बताएको छ । घाइतेहरु सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको अमर उजालाले जानकारी दिएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu