आमा नै सन्तानका लागि यति निर्दयी की थाहा पाउने जो कोहीको मुटु नै छियाछिया बनाउने यो दुष्कर्म

काठमाडौं । आमा शब्द आफैंमा एक सम्मानको शब्द हो । आमाको कसैसँग पनि तुलना गर्न सकिदैन । तर कहिलेकाँही आमा नै सन्तानका लागि अभिषाप भएर आउँछन् । यस्तै डरलाग्दो घटना हालै भएको छ ।

कुनै बच्चालाई जन्म दिएपछि जिउँदै खाल्डोमा फाल्ने आमा सायदै हुदैनन् होला ? तर गुजरातको सुरेन्द्रनगरमा एक आमाले नवजात शिशु जन्मेको २ घण्टा नबत्दै जिउँदै खाल्टोमा फालिदिएकी हुन् । नवजात शिशुलाई कठोर मन भएकी निर्दयी आमाले जिउँदै खाल्डोमा फालेर माटोले पुर्दै गरेको अन्य मान्छेले देखेपछि ती महिला बच्चालाई त्यहि छोडेर भाँगिन् ।

पछि त्यहि गएर हेर्दा थाहा भयोकी त्यहाँ जिउँदै बच्चालाई गाड्न लागेको थियो । त्यसपछि अन्य मानिसले बच्चाको उद्दार गरेर अस्पताल पर्याए । बच्चालाई ५ घण्टा सम्म चिसोमा राखिएको थियो कमिलाहरुले खाइसकेका थिए तर उनी जिवितै थिइन् ।

त्यपछि स्थानिय बासिन्दाले प्रहरीलाई उक्त घटनाको बारेमा जानकारी दिए । प्रहरी ती महिलाको खोजीमा जुट्यो । पछि प्रहरी महिलाका घर पुग्दा उनी आनन्दले सुतिरहेको भेट्यो ।

खोजतलास गर्दै जाँदा महिलाले दुई सन्तानको रुपमा छोरी नै रहेको र तेस्रो सन्तान पनि छोरी नै जन्मेपछि खाल्डोमा जिउँदै पुर्न लागेको बताइन् । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu