फेसबुक चलाउने हरेकले जान्नैपर्ने मार्क जुकरबर्गका यी कुरा !

काठमाडौं । लामो समय देखि ओरालो लाग्दै आएको फेसबुकको व्यापार बढ्न थालेको छ । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ । यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ ।

जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ ।

जुकरबर्गको कुल सम्पत्ति चार महिनाको अवधिमा २३.५ अर्ब डलर बढिसकेको छ । गत वर्ष डाटा गोपनीयता जस्तो विवादका कारण फेसबुकको सेयरमा ठुलै गिरावट आएको थियो ।

यसले गर्दा जुकरबर्गको सम्पत्तिमा २०१८ मा जुकरबर्गको सम्पत्तिमा २० अर्ब डलरको कमी आएको थियो । बिलिनियर सूचीमा समावेश ५ सय धनीमा जुकरबर्गलाई यो वर्ष सर्वाधिक फाइदा भएको थियो । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu