फाइनल जित्यो नेपालले, मलेसियालाई लाई ५९ रनले हरायो

थाइल्याण्डमा जारी एसीसी यु–१६ इस्टर्न रिजन कपको फाइनल खेलमा नेपाली यु–१६ टोलीले मलेसिया यु–१६ टोलीलाई ५९ रनले हराएको छ । जितसँगै नेपालले यस प्रतियोगिताको उपाधि रक्षा पनि गरेको छ । नेपालले यसअघिको संस्करणको फाइनलमा सिंगापुरलाई हराइ प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा थाइल्याण्डको खेल वर्षाले रद्द गरेबाहेक अन्य खेलमा नेपाल विजयी भएको थियो । ननेपालले मलेसियालाई लिग चरणको खेलमा ३९ रनको अन्तरले हराइसकेको थियो । सेमिफाइनलमा हङकङलाई चार विकेटको हराएको नेपालले परिचित प्रतिद्वन्दी पाएपछि यसअघि नै नेपाललाई उपाधिको दाबेदार मानिएको थियो ।

फाइनलमा खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । औसत सुरुवातका बावजुद डिफेन्डीङ च्याम्पियन नेपालले निर्धारित ३५ ओभर नै ब्याटिङ गर्दैे ९ विकेथको क्षतिमा १ सय ४० रन बनायो । नेपालले चुनौतिपूर्ण रन बनाउने क्रममा मलेसियाली बलरहरु विरुद्ध सुझबुझपूर्ण इनिङ खेलेको थियो । नेपालको लागि प्रशान्त महतले ६७ बलमा ५ चौका सहित सर्वाधिक ४० रन बनाए । त्यस्तै ओपनर दीपक बोहराले १९ बलमा २ चौका र १ छक्का सहित २३ रन बनाए । कप्तान विशाल बिक्रम केसीले १७ रन बनाए भनृ निखिल कुमार सिंहले १३ रनको योगदान दिए ।

बलिङतर्फ मलेसियाका सचिनु हेटिजेले सर्वाधिक ३ विकेट लिए । त्यस्तै जिनेन्द्र मुरलीको नाममा २ विकेट रह्यो । जवाफी ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा अलआउट हुँदै ८१ रन मात्र बनाउन सक्यो । उसका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका मुहम्मद हजिक एमानले २ छक्का सहित २० बलमा सर्वाधिक १८ रन बनाएका थिए । त्यस्तै ओपनर वान मुहम्मद आजमले २१ बलमा २ चौका सहित १६ रन बनाए भने जितेन्द्र मुलरीले १४ रनको योगदान दिए ।

बलिङतर्फ नेपालको लागि विशाल कुमार पटेल सफल सिद्ध भए । उनले ७ ओभर बलिङ गर्दै १ मेडन सहित १७ रन दिइ ४ विकेट लिए । त्यस्तै अर्का बलर दीपक बोहराले पनि आफ्नो स्पेलको पुरै ७ ओभर बलिङ गर्दै १ मेडक सहित १६ रन दिइ ३ विकेट लिए । दीपकले एक मलेसियाली खेलाडीलाई रनआउट पनि बनाए । क्रिश कार्की र निखिल कुमार सिंहले समान १ विकेट लिए । यु–१९ प्रतियोगितामा वर्षा बाधक भइ विश्वकप पुग्नबाट बन्चित भएको नेपाललाई यु–१६ को बलियो प्रदर्शन सहितको यस उपाधिले राहत पुगेको बताइन्छ ।

© Copyright by The News Nepal
Designed By Appharu