प्रपोज गर्ने केटालाई आफै घाइते बनाएर आफै उपचार गर्ने भगवती (भिडीयो सहित)

भगवती खड्का (युनीका) नेपालकै पहिलो महिला रेस्लर हुन् । नेपालमा महिला रेस्लिङको शुरुवातलाई छिचोल्दै सम्भावना र बिकासका पाटाहरुलाई केलाउँदै अघि बढेकी यिनी नेपाल महिला रेस्लिङ फाउन्डेशनको अध्यक्ष पनि हुन् । काठमाण्डौको शान्तिनगरमा रहेको कार्यालयबाट उनी आफ्नो कामलाई अघि बढाईरहेकी छिन् ।

भगवतीलाई रेस्लिङमा आउन उती सहज थिएन । पहिलो महिला रेस्लर हुनु कहाँ सजिलो थियो र ? तैपनि उनले हिम्मत हारिनन् । लगाातारको मेहेनतले उनले आफ्नो जीवनको धेरै सफलता चुमेकी छिन् । अभ्यासको छोटो समयमै विदेशी रेस्लरसंग उनको भिडन्त परेको थियो । त्यहि खेलबाट उनी सबैमाझ चिनिइन् । त्यसपछि उनको यात्रा अनवरत चलिरहेको छ । शान्तिनगरको कार्यालयबाट थुप्रै युवतिहरुलाई तालिम दिईरहेकी उनको उदेश्य ७७ वटै जिल्लामा रेस्लिङ खेलाउनु हो । यतिबेला उनी धेरै लगानी लगाएर फोल्डिङसहितको रिङ निर्माण गरिरहेकी छिन् ।

यसका लागी उनले आफ्नो बाईक, सुन लगायत आफ्नो निजी सम्पति समेत बेचेकी छिन् । रेस्लिङ खेल्न तालिम लिन आउने भर्खरका किशोरीहरु देख्दा उनको छाती गर्वले फुल्छ । नेपालमा महिला रेस्लिङलाई अझ व्यवसायीक बनाउँदै लैजाने ध्याउन्नमा छिन्, उनी । यो संगै डब्लु डब्लु इ मा पुग्ने चाहाना पनि रहेको छ । भगवतीको परिचय रेस्लर मात्र होईन । उनी गायीका, कलाकार पनि हुन् । थुप्रै नेपाली चलचित्रमा अभिनय गरिसकेकी भगवती टेलिसिरियलमा पनि उत्तिकै हिट छिन् । सानैदेखीको गाउने इच्छालाई मुर्त रुप दिनका लागी उनले गीत रेकर्ड गराईन् र एल्बम पनि निकालिन् । यतिबेला उनी आफै लिड रोलमा रहेर अभिनय गर्ने चलचित्र ‘क्विन अफ नेपाल’को तयारीमा पनि लागीरहेकी छिन् ।

भदौ २५ मा उनको जन्मदिनको अवसर पारेर उनकै जीवनमा आधारीत यस चलचित्रको शुभमुहुर्त गरिनेछ । भगवती भन्छिन्, “यो दौडधुप र संघर्षले मेरा थुप्रै रहरहरु पुरा भएको छ । म जीन्दगी देखी असाध्यै खुशी छु ।” नोपाल चौतारीमा उनले दिएको रमाईलो अन्र्तवार्ता हेर्नुहोस्– भगवती अविवाहित हुन् । प्रेमप्रस्ताव थुप्रै आएपनि उनी अहिले प्रेम गर्ने वा विवाह गर्ने मुडमा छैनन् । अन्र्तवार्ताकै सिलसिलामा प्रेमका रमाईला किस्साहरु पनि सुनाईन् । उनी भन्छिन्, “मलाई यतिबेला आफ्नो करियर र सपनाको खुब माया लागीरहेको छ ।” हाम्रो तर्फबाट उनलाई धेरै शुभकामना ।

© Copyright by The News Nepal
Designed By Appharu