अर्को सचिन भन्दै भारतमा सन्दीप लामिछानेको प्रशंसा

काठमाडौ । सन्दीप लामिछानेलाई यतिबेला भारतिय मिडियामा अर्को सचिन तेन्दुलकर भनेर प्रचार गरिदैछ । हुनत भारतमा उनको चर्चा चलेको यो नौलो घटना होइन । तर आईपिएलमा दिल्लीको बिजय सङै सुरु भएको उनको चर्चा अल्लि बेजोड छ।

जारी आईपिएल क्रीकेटमा दिल्ली क्यापिटलसले किङ्स इलाभेन पन्जाबलाई हराउदा सन्दीप लामिछानेले आफ्नो जादु प्रदर्सन गरेका छ्न । उनले ४० रनमा ३ विकेट लिएका थिए। लामिछाने स्टाईलिस प्लेयर अफ द म्याच बनेर भारु एक लाख पुरस्कार पाएका छ्न।

सन्दीपले कृश गेल, लोकेश राहुल र साम कुरानको विकेट लिएर आफ्नो जबर्जस्त प्रदर्शन गरेका छ्न। यो सङै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको पन्जाबलाई १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउदै दिल्लीले जित हासिल गरेको छ।

© Copyright by The News Nepal
Designed By Appharu