कपालको स्वास्थ्यका लागि भुलेर पनि नगरौ यी ८ गल्ती

केसको सही रेखदेख भएन भने केस झर्ने, रुखो हुने, चाया आउने जस्ता समस्या देखापर्छ कुनै समयमा त यो समस्या यति धेरै बढ्छ, चिकित्सकीय उपचार नै अपनाउनुपर्ने हुन्छ यी आठ गल्ती हुन्, जसले केसलाई हानी गर्छ

 

. केसलाई कसिलो बाँध्नु
केसलाई कसिलो गरी बाँध्नाले केसमा एकदमै नराम्रो असर पर्छ यसले गर्दा केस सही रुपमा बढ्न पाउँदैन नतीजा, केस र्झन सक्छ

. गलत डाइट लिनु

केसको बृद्धिका लागि भिटामिन, मिनरल्स र प्रोटिन जरुरी हुन्छ तर, जंकफुड बढी खानाले हामीलाई पर्याप्त न्युटि्रसन मिल्दैन यसले पनि केस रुखो हुन्छ

. हेयर स्टाइलिङ मशिन

हेयर ड्राई र हेयर कलरिङ मशिन दिनहुँ प्रयोग गर्दा पनि केसलाई नोक्सान पुर्‍याउँछ यसले गर्दा केस झर्ने समस्या देखापर्छ

हाइजिन नहुनु

महिलाले हप्तामा दुई पटक र पुरुषले तीन पटक शैम्पुको प्रयोग गर्नुपर्छ केसमा फोहोर जम्मा भएपछि चायाको समस्या हुन्छ

. चिसो केसमा काइयो

नुहाउनसाथ केसको जरा कोमल हुन्छ यस्तो अवस्थामा नुहाउनसाथ तुरुन्तै केस कोर्दा केस टुक्रिने समस्या हुन्छ केसमा हाँगा आउने समस्या पनि यसैको नतीजा हो

. धेरै तेल लगाउनु

केसमा आवश्यक्ताभन्दा बढी तेल लगाउनु पनि हानिकारक छ यसले छालको छिद्र बन्द हुन्छ, जसले केसमा नराम्रो असर पुग्छ

. तातो पानीले नुहाउनु

अक्सर जाडो मौसममा तातो पानीले केस नुहाइन्छ तर, यसले केसको सौन्दर्यमा असर पुर्‍याउँछ मनतातो पानीले नुहाउनु सामन्य नै हो तर, तातो पानीको प्रयोग गर्नै हुन्छ यसले केसको प्राकृतिक तेल नष्ट गर्छ

. रसायनको प्रयोग

हेयर स्टाइल बनाउनका लागि प्रयोग गरिने स्प्रेमा रसायन हुन्छ यसको बढी प्रयोगले केस झर्ने समस्या हुन्छ

© Copyright by The News Nepal
Designed By Appharu