कतै तपाईको त यस्तो बानी छैन ? त्यसो भए तपाईको किड्नी बिग्रिदैछ – जान्नुहोस् कसरी बच्ने ?

धेरैजसो किड्नी (मृगौला) खराब भएको सुरुमा थाहा हुँदैन, त्यसैले यसलाई साइलेन्ट किलर पनि भनिन्छ । गलत खान-पान वा औषधीको साइड इफेक्टका कारण पनि किड्नी खराब हुने हुन्छ । केही सावधानी अपनाए, रोगबाट बच्न सकिन्छ । जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन्

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ३. पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ । ४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ६. जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ । ७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ । ९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ ।

यस्ता १० संकेत देखिए मृगौला खराब भएको हुनसक्छ :

१. छिटो-छिटो पिसाब लाग्नु – यदि मृगौला खराब भएको छ भने बारम्बार वा छिटो-छिटो पिसाब लाग्ने हुन्छ । बिशेषगरी, रातको समयमा यस्तो समस्या बढी हुन्छ । २. पिसाबमा समस्या – किड्नीमा समस्या आएको छ भने पिसाब गर्दा दुखाई हुन्छ । दुखाईका कारण पिसाब गर्न गाह्रो हुन्छ । ३. पिसाबमा रगत देखिनु – पिसाबमा रगत देखिएमा किड्नी खराब भएको हुन सक्छ । यस्तो देखिएमा सकेसम्म चाँडो चिकित्सक कहाँ गइहाल्नुपर्छ ।

४. सुन्निनु – किड्नी खराब भएमा शरीरमा जमेको पानी र नुन निक्लिन पाउँदैन, जसले गर्दा शरीर सुन्निन थाल्छ । यस्तो अवस्थालाई इडिमा भनिन्छ । ५. रक्तअल्पता तथा कमजोरी – मृगौला खराब भई रगतमा अक्सिजनको सञ्चार राम्ररी हुन पाउँदैन, जसले गर्दा रक्तअल्पता र कमजोरी जस्ता समस्या देखिन थाल्छ । ६. छाला रोग – किड्नी खराबले शरीरबाट टोक्सिन्सस(बिषाक्त) बाहिर जान पाउँदैन र छालासम्बन्धि रोग उछ्रिन थाल्छ ।

७. मुख गनाउँने – यदि किड्नीमा समस्या छ भने रगतमा युरिनको मात्रा बढ्छ, जसले गर्दा मुख गनाउँछ । ८. रक्तचाप बढ्नु – मृगौला खराब छ भन्ने कुरा रगतको चापबाट पनि थाहा पाउन सक्छौँ । रगतमा पानी र नुनको मात्रा बढ्नाले रगतको चाप बढेर जान्छ, जसलाई हामी किड्नी खराब भएको संकेत भनेर बुझ्न पर्छ ।

९. वान्ता होला जस्तो महसुश – किड्नी खराब भएका कारण शरीरबाट बिकार बाहिर जान पाउँदैन, जसले गर्दा तपाईलाई सधै रिंगटा लागेजस्तो र वान्ता होला जस्तो महसुस भइरहन्छ । १०. जोर्नी दुख्ने – सबैभन्दा साधारण लक्षण जोर्नी दुख्नु हो । यदि किड्नी खराब भएको छ भने माथिदेखि तलसम्मका जोर्नी दुख्ने हुन्छ ।

मृगौलासम्बन्धी समस्याका १० सङ्केतहरू :

१. छिन-छिनमै पिसाब लागिराख्नु, रातीको समयमा यो समस्या बढि हुँदै जानु । २. पिसाब गर्दा अत्याधिक पीडा हुनु र पीडाको कारण पिसाब गर्न नपाउनु । ३. पिसाबमा रगत वा फिँज देखा पर्नु । ४. मृगौला खराब हुँदै गएमा शरीरमा जम्मा भएका पानी र नुन बाहिर निस्कन पाउँदैन जसको कारण शरीरका अङ्गहरू फुल्न थाल्दछन् । ५. मृगौलामा समस्या आउन गएमा रगतमा पर्याप्त मात्रामा अक्सिजन पुग्न पाउँदैन, जसको कारण अनिन्द्रा, कमजोरी र थकान जस्ता समस्या आउन थाल्दछ ।

६. शरीरबाट हानिकारक तत्वहरू बाहिर निस्कन नपाएपछि छालामा समेत विभिन्न किसिमका समस्याहरू देखा पर्न सक्छन् । ७. मृगौलामा समस्या आएमा रगतमा यूरियाको मात्रा बढ्न गई स्वासप्रश्वासमा बाधा पुग्छ र दुर्गन्धित सास आउन थाल्दछ । ८. मृगौलाले हानिकारक तत्वहरू छान्न नसकेपछि रगतमा नुनको मात्रा बढ्न थाल्छ र रक्तचाप पनि बढ्दै जान्छ ।

९. रिँगटा लाग्नु, वान्ता होला जस्तो हुनु र टाउको चड्किनु । १०. मृगौलाको समस्या हुँदा शरीरको माथि देखि तलसम्मका सबै हाडजोर्नीहरू दुख्न थाल्दछन् । यो मृगौला पत्थरीको लक्षण हो । मृगौला जोगाउन चाहनु हुन्छ ? खानुस् यी ७ खाना :

मृगौला जोगाउन के खाने ?

१. रातो खुर्सानी
रातो खुर्सानीमा पोटासियम, फस्फोरस, भिटामिन सी, फाइबर, फोलिक एसिड र भिटामिन बी 6 उच्च मात्रामा हुन्छ । यसले मृगौलालालाई फाइदा गर्छ ।

२. बन्दा गोभी
बन्दा गोभीमा उच्च मात्रामा सोडियम, पोटासियम, फस्पोरसको मात्रा हुन्छ । मृगौलाका लागि यी तत्वको निक्कै जरुरत हुन्छ । यसको सकारात्मक पक्ष भनेको बन्दा गोभीमा फाइवर र भिटामिन सी समेत उच्च मात्रामा हुन्छ ।

३. फूल गोभी
फूल गोभीमा पनि सोडियम, पोटासियम, फस्पोरसको मात्रा प्रयाप्त हुन्छ । त्यसैगरी यसमा भिटामिन सी, फाइवर पनि हुन्छ यसले मृगौलामा हुने समस्याबाट बचाउँछ ।

४. लसुन
एक केस्रा लसुनमा १ मिलिग्राम सोडियम, १२ मिलीग्राम पोटासियम र ४ मिलीग्राम फोस्फोरस हुन्छ । यसले मृगौलालाई मात्र फाइदा गर्दैन कोलेस्ट्रोल समेत नियन्त्रण गर्छ । त्यस्तै लसुन क्यान्सरबाट बँच्नका लागि पनि फाइदाजनक हुन्छ ।

५. स्याउ
सामान्य आकारको स्याउमा पनि १५८ मिलिग्राम पोटासियम, १० मिलिग्राम फस्पोरस हुन्छ । मृगौलालाई त यसले फाइदा गर्छ नै अन्य विभिन्न रोगबाट समेत स्याउ सेवन फाइदाजनक मानिन्छ ।

६. स्ट्रबेरी
आधा कप स्ट्रबेरीमा १ मिलिग्राम सोडियम, १२० मिलिग्राम पोटासियम र १३ मिलिग्राम फस्पोरस हुन्छ । यसमा उच्च मात्रामा एन्टीअक्सीडेन्ट पनि हुन्छ जसले मृगौलालाई कुनै समस्या हुनबाट बचाउँछ ।

७. अण्डाको सेतो भाग
अण्डाको सेतो भाग पनि मृगौलाका लागि निक्कै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागमा २ ग्राम प्रोटिन, ११० मिलिग्राम पोटासियम र १० मिलिग्राम फस्पोरस हुन्छ । यसमा रहेको एमिनो एसिड मृगौलाको लागि राम्रो हुन्छ भने सामान्य स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।

दैनिक जीवनमा गर्ने १० गल्ती, जसले मृगौलालाई हानी पुर्‍याउँछ :

१. पानी कम पिउने

यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ । पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ । यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ ।

२. नून बढी

खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ । यसले मृगौलामा दवाव पैदा गर्छ । तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ ।

३. पिसाव रोक्ने

यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजै देखि बानी सुधार्नुस् । पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ ।

४. गुलियो खाने बानी

यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजै देखि छोड्नुस् । गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ ।

५ . पोषणको अभाव

शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ । भिटामिन-6 र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन ।

६. मासु बढी खाने

मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ । मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ ।

७. अनिद्रा

रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ । यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ । निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ ।

८. चिया कफी बढी सेवन

चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ । चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ ।

९. पेनकिलर सेवन

टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ ।

१०. जाँड रक्सी

अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ । यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ ।

© Copyright by The News Nepal
Designed By Appharu