सर्लाहीमा ८ जना छोरीले बाबुको काजकिरिया मात्र गरेनन् यस्तो उदाहरणीय कामपनि गरे

सर्लाही । दिवगंत भएका आफ्नो बाबुको नाममा ८ जना दिदि वहिनीहरुले सामुहिक रुपमा अक्षयकोष खडा गरेका छन् । गत चैत २३ गते ९६ वर्षको उमेरमा दिवंगत हुनुभएका सर्लाहीको हरिवन ४ का आसमान महतको नाममा १३ दिन सम्म काजकिरिया बस्नुभएका उहाँका ८ छोरी तथा २ ज्वाईहरुले संयुक्त रुपमा आज १ लाख १ हजार स्थानिय सहकारीमा रकम जम्मा गरि अक्षयकोष समेत खडा गर्नु भएको हो ।

छोरीले अन्तिम संस्कार गर्नुहुन्न किरिया गर्नपनि छोरा नै चाहिन्छ भन्ने नेपाली समाजलाई उहाँहरुलेपनि परीवर्तन गर्न उदाहरणीय काम गर्नुभएको हो । उहाँको आज १२ औँ दिनको पुण्य तिथीको अवसरमा स्थानिय केदार प्रसाद पौडेलको अध्यक्षता तथा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा श्रद्धान्जली कार्यक्रममा उहाँका ८ छोरीहरुले र ज्वाइ शंकर रोक्का र सुकदेव कार्कीले आफ्नो वुवाको नामा अक्षयकोष खडा गर्नु भएको हो ।

अक्षयकोषबाट आएको व्याजबाट वुवाको पुण्य तिथिको अवसरमा नगरपालिका भित्रका विपन्न, दलित, तथा जेहेन्दार विधार्थीहरुलाई छात्रावृती वितरण गर्नै लक्ष्य रहेको छोरी लिला कुमारी महतले वताउनुभयो ।

© Copyright by The News Nepal
Designed By Appharu