भर्खरै रिक्सा पार्किङमा शक्तिशाली विष्फोट : ४ जनाको मृत्यु ५ गम्भीर

केन्याको राजधानीमा भएको शक्तिशाली बम विष्फोटमा चार जनाको ज्यान गएको छ भने अन्य पाँच जना गम्भीर घाइते भएका छन् । केन्याको राजधानीमा आज केही समय पहिले भएको विष्फोटमा चार जना मारिए भने अन्य पाँच जनालाई अस्पताल पुर्याइएको छ ।

केन्या प्रहरीका अनुसार त्यो विष्फोट रेस्टुरा नजिकै भएको हो । घटना कसले गराएको भन्ने खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार मृतकहरुको संख्या चार नभई पाँच भएको हुनसक्ने बताइएको छ । स्थानीयहरुले बम विष्फोट पछि ठुलो आवाज सुनेको जनाएका छन् ।

समाचार एजेन्सी सिन्हवासँग कुरा गर्दै एकजनाले भने, ‘मैले ठुलो आवाज सुने त्यस तर्फ जाँदै गर्दा आकासतिर कालो मुस्लो देखिएको थियो । अटो रिक्सा नष्ट भएको मैले देखे ।’ यस क्षेत्रमा समयसमयमा यस्ता आक्रमण भइरहेका हुन्छन् ।

यस क्षेत्रमा केही वर्ष देखि चरमपंथी गुट, अल–शबाबको बाहुल्यता रहेको छ जसलाई नियन्त्रणमा लिन सरकारले कडा कदल चालेको छ । अफ्रिकी देशहरुमा यस्ता संगठनहरुले पनि आक्रमण गर्दै आएको जनाइएको छ । अहिले यस्ता चरमपन्थी संगठनहरुले होलेट, बैंक, सार्वजनिक क्षेत्र लगायतलाई निशाना बनाएर आक्रमण गर्दै आएका छन् । सिन्हवा

© Copyright by The News Nepal
Designed By Appharu