फेसबुक मेसेन्जर एपमा आयो डार्क मोड, यति फाईदाजनक तपाईले अपडेट गर्नुभयो ? [तरिकासहित]

काठमाडौं । अहिले सामाजिक सञ्जाल फेसबुक विश्वमा अर्बौ व्यक्तिहरुले प्रयोग गर्दै आएका छन् । फेसबुक मातहतमा रहेका अन्य एप प्रयोग गर्नेहरुको संख्या पनि निकै उच्च रहेको छ । यस मध्य म्यासेन्जर पनि एक महत्वपुर्ण एप्स हो ।

फेसबुकले गत महिना फेसबुक मेसेन्जर एपमा डार्क मोड सुचारु गर्न मिल्ने फिचर ल्याएको थियो तर उक्त फिचर सुचारु गर्नका लागि चन्द्रको इमोजी प्रयोग गर्नु पर्ने हुन्थ्यो । हालै रिलिज भएको फेसबुक मेसेन्जर अपडेटले मेसेन्जरमा डार्क मोड सुचारु गर्न चन्द्रको इमोजी प्रयोग गर्नु नपर्ने भएको छ ।

प्रयोग कर्ताहरूले डार्क मोड सुचारु गर्नका लागि आफ्नो प्रोफाइलमा क्लिक गरेर सेटिंग मेनु खोलेर त्यहाँ भएको डार्क मोड भन्ने अप्सनलाई अन गर्नुपर्छ । डार्क मोडले मेसेन्जरको युजर इन्टरफेसको ब्याकग्राउन्ड रंग सबै कालो बनाइदिन्छ जसले रातिको समयमा च्याट गर्न र फेसबुक मेसेन्जर प्रयोग गर्न सजिलो हुन्छ ।

गुगलका अनुसार डार्क मोडले एन्ड्रोइड स्मार्टफोनहरूमा ब्याट्रीको बचत गर्न पनि उपयोगि हुन्छ । हालै धेरै एप निर्माताहरू आफ्नो एपहरूमा डार्क मोड सुचारू गर्न थालेका छन् ।

© Copyright by The News Nepal
Designed By Appharu