त्रिविका हज्जारौ त्रुटी : पूर्णाङक भन्दा बढी नम्बर दिएर मार्कसिट

काठमाडौं । लाखौ विद्यार्थीको भविष्यको लेखाजोखा गर्ने प्रमुख जिम्मेवारी पाएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले गम्भीर गल्ती गरेको खुल्न आएको छ ।

 

त्रिविले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गम्भीर त्रुटी गरेको पाइएको छ । उसले एक विद्यार्थीलाई कुल ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयको लब्धाङ्क–पत्रमा ४२ नम्बर दिएको छ ।

बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भएको हो । यो विषयमा उत्तीर्णाङक १६ छ । परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भन्नुभयो, ‘विषयगत कोड छपाई गर्दा बिग्रेर यस्तो समस्या आएको हो । पूर्णाङक भन्दा बढी उत्तीर्णाङ्क ल्याएका विद्यार्थीलाई नयाँ लब्धांकपत्र दिइसकिएको छ ।’

© Copyright by The News Nepal
Designed By Appharu