‘स्याउ’ राति होइन बिहान खानुहोस्, आफै देख्नुहुनेछ चमत्कार

काठमाडौं । स्वास्थ्यको लागि स्याउ पनि एक लाभदायिक फलफूल हो । जसको नियमित सेवनले हाम्रो शरीरलाई विभिन्न पोषक तत्वहरु उपलब्ध हुन्छ । नियमित स्याउको सेवनले हाम्रो शरीरलाई स्वस्थ बनाई राख्नुको साथै पाचन प्रणालीलाई दुरुस्त राख्छ ।नियमित स्याउको सेवनले रोगप्रतिरोधक क्षमतामा बृद्धि हुन्छ । बिहानको समयमा स्याउको सेवन गर्दा हाम्रो स्वास्थ्यलाई फइदा गर्छ । तर रातिको समयमा स्याउको सेवन गर्नु स्वास्थ्यको लागि खासै लाभदायी मानिदैन । आज हामीले बिहान नियमित रुपमा स्याउको सेवन गर्दा स्वास्थ्यलाई कुन कुन किसिमको फाइदा गर्छ भन्ने विषयमा जानकारी गराउँदै छौं ।

१. अल्जाइमरबाट बचाउँछः अल्जाइमर मस्तिष्कसँग जोडिएको खतरनाक रोग हो। एक सोधमा पाइएको छ कि प्रत्येक बिहान स्याउको जूस पिउँदा अल्जाइमरको समस्याबाट जीवनभर बँच्न सकिन्छ । स्याउको सेवनले मस्तिष्कको कोशिकाको रक्षा हुन्छ, जसले अल्जाइमर हुने खतरा एकदम कम हुन्छ ।

२. मोटोपनलाई कम गर्छः मोटोपनाले ग्रसित व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या जस्तैm (मुटु रोग, डायबिटीज, बीपी) आदी सुरु हुन्छ । स्याउमा पाइने फाइबरले मोटोपनलाई कम गर्नका लागि सहयोग गर्छ । जसबाट व्यक्ति खतरनाक रोगहरूको चपेटमा कम आउँछ ।

३. पाचन प्रणाली दुरुस्त रहन्छः स्याउमा पाइने अल्कालिनिटी कलेजोलाई शरीरको शोधनमा मद्दत गर्छ । साथै स्याउको सेवनले शरीरमा रहेको पीएच को स्तरलाई पनि नियन्त्रित गर्छ । जसबाट व्यक्तिको पाचन प्रणाली दुरुस्त हुन्छ । पाचन प्रणाली बलियो हुँदा रोग सँग लड्ने क्षमता बढ्छ र स्वस्थ रहन्छ।

४. कब्जियतको समस्याबाट आराम मिल्छः यदी तपाई कब्जियत या ग्यास्ट्रिकको समस्याले पीडित हुनुहुन्छ भने स्याउको सेवन तपाईको लागि फाइदाजनक सावित हुन्छ । स्याउमा पाइने फाइबरले पेटको कब्जलाई बिस्तारै-बिस्तारै कम गर्छ । स्याउको मुरब्बा पनि कब्जियत रोगीको लागि लाभकारी हुन्छ । कब्जियत हुँदा शरीरमा विभिन्न रोग हुने खतरा बनिरहन्छ ।५. दाँतलाई स्वस्थ राख्छः स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्छ । स्याउको सेवनले ब्याक्टेरिया र भाइरसलाई नष्ट गर्छ । साथै स्याउको सेवनले मुखमा थूकको मात्रा बढाउँछ ।

६. हड्डीलाई बलियो बनाउँछः स्याउमा प्रचुर मात्रामा क्याल्सियम पाइन्छ । यसकारण प्रतिदिन स्याउको सेवन गर्दा या यसको जूस पिउँदा हड्डी बलियो हुन्छ । जो व्यक्तिको हड्डी बलियो हुन्छ, उसलाई थकान कम महसूस हुन्छ ।

७. पत्थरी हुनबाट बचाउँछः मृगौलामा हुने पत्थरीबाट बँच्नका लागि स्याउको सेवन लाभदायक रहन्छ । यदी तपाइलाई पत्थरी भइसकेको छ र तपाई प्रतिदिन स्याउ खानुहुन्छ भने तपाईलाई पत्थरीको कारण हुने दुखाईमा पनि आराम मिल्छ।

अन्य फाइदाहरुः

स्याउ या स्याउको जूसको सेवन दम रोगीको लागि निकै फाइदाजनक हुन्छ । विभिन्न सोधका अनुसार यो सावित भएको छ कि स्याउ दमको आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ । यसमा पाइने फ्लेभोनोइड्सले फोक्सोलाई शक्तिशाली बनाउँछ । सोधबाट यो पनि सावित भएको छ कि जो मानिस प्रतिदिन स्याउको जूस पिउँछ, उसलाई फोक्सोसँग सम्बन्धित रोगहरू निकै कम हुन्छ। स्याउ खाँदा या स्याउको जूस पिउँदा बढ्दो कोलेस्ट्रोलको मात्रालाई रोक्न सकिन्छ । स्याउको सेवनले तपाई हाम्रो अनुहारमा हुने कालो र सेतो धब्बा कम हुन्छ । जसले तपाईको अनुहारमा चमक ल्याउँछ । साथै यसको प्रतिदिन सेवन गर्नाले शरीरमा रहेको अनावश्यक बोसो बिस्तारै-बिस्तारै कम हुन्छ।

स्याउको सेवनले शरीरमा टाइप-२ मधूमेहको खतरालाई कम गर्छ । यसमा पाईने तत्व शरीरमा ग्लूकोजको कमीलाई पुरा गर्छ । शरीरमा प्रचुर मात्रामा ग्लूकोज रहँदा तपाईलाई इन्सुलिन लिन आवश्यकता पर्दैन।

© Copyright by The News Nepal
Designed By Appharu