सेयर–बजार : २०७६ को पहिलो दिन नै बढ्यो नेप्से

काठमाडौं : नयाँ बर्ष २०७६ को पहिलो कारोवार दिन नै नैप्से बढेको छ । नेप्से आज चार दसमलव सात अंकले बढेर ११ सय ८८ दसमलव ७१ अंकमा पुुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव १३ अंकले बढेर दुुई सय ५४ दसमलव ७७ अंकमा पुुगेको छ । एक सय ६५ कम्पनीहरुको पाँच हजार चार सय पाँच वटा कारोवारमा नौ लाख ६४ हजार पाँच सय ९८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३० करोड ४५ लाख ७६ हजार सात सय ८२ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवार भएकोमा छ वटा समुहको सुचक बढेको छ भने चार वटा समुहको सुचक घटेको छ । बाँणिज्य बैंक समुहको सुचक पाँच दसमलव ८९ अंकले बढेर एक हजार ५८ अंकमा पुुगेको छ । बिकास बैक समुहको सुचक चार दसमलव १३ अंंकले बढेर १४ सय ८३ दसमलव ८३ अंकमा पुुगेको छ । निर्जिवन बीमा, लघुुबित्त, होटल र उत्पादनमुुलक समुहको सुचक पनि बढेका छन् ।

© Copyright by The News Nepal
Designed By Appharu