यी ५ आचरणहरु अँगाल्नुहोस्, सधै अरुबाट सम्मान र इज्जत पाउनुहुनेछ

हरेक मानिसहरु आ-आफ्नो ठाउँ अनुसारको सम्मान खोज्ने गर्दछन्। किनभने सबैको चाहना अरुको छेउमा सानो भएर होइन् ठुलो भएर बाचू भन्ने हुन्छ । तर यो कुराहरु इज्जत ,सम्मान भन्ने चीज त्यतिकै पाइदैन्। किनभने यसका लागी देश ,समाज र परिवारबाट धेरै कुराहरुमा सफलता हासिल गर्न आवश्यक छ। जसले तपाईलाई सम्मान गरोस्। त्यसैले भनिन्छ , तपाई जस्तो ब्यवहार गर्नुहुन्छ अरुबाट पनि त्यस्तो ब्यवहार पाउनुहुनेछ। त्यसैले पहिले तपाईले अरुको मन जित्नुपर्छ। तर यदि तपाई आफ्नो देश र समाजमा सबैले सम्मान गरोस् भन्ने चाहनुहुन्छ भने यी ५ कुराहरु ख्याल गर्नुहोस्।

-पहिलो मानिसमा हुनुपर्ने राम्रो.आचरण भनेको सबैको दयालु र मायालु बन्नु नै हो। यदि तपाइले ठुलालाई आदार र सानालाई सम्मान गर्दै अघि बढ्नुभयो भने तपाईले पनि अवश्य सम्मान पाउनुहुनेछ। -त्यसैगरी दोस्रो कुरा भनेको आफूले अरुलाई सम्मान दिनुहोस् । त्यसपछि मात्र तपाईले सम्मान पाउनुहुनेछ । यदि सम्मान साना र ठुला मान्छेहरुलाई आफैले पहिले गर्नुभयो भने तपाइले पनि सम्मान पाउनुहुन्छ।

-अर्को कुरा भनेको यदि तपाईले साना या ठुलाको कुराहरु राम्ररी सुनिदिनुपर्छ। किनभने यदि राम्ररी सुनेर मिठो बोल्दिनु भयो भने उनीहरु तपाईप्रति आफै आकर्षित हुन्छन्। -चौथो कुरा भनेको तपाई सामाजिक बन्नुहोस् । तपाई समाजमा अप्ठ्यारो परेको बेलामा सहयोग र राम्रो हुदा मिठो बोल्नुहुन्छ भने यो कुरा समाजले कहिल्यै विर्सने छैन् । जसकारण समाजमा तपाईको जहिल्यै सम्मान गर्नेछ।

-र अन्तिम कुरा तपाई विर्सेर पनि कसैसगँ नरिसाउनुस्। यदि रिसाउनुभयो भने यसले तपाईको सबै थोक नै नास गर्छ । त्यसैले सबैसँग सधै हाँसेर मिठो बोल्नुस् । सधै सम्मान पाउनुहुन्छ।

© Copyright by The News Nepal
Designed By Appharu