ओली र प्रचण्ड योजनाविनाकाे नेता हाे : प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी

काठमाडौं : दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले सरकार र पार्टी नेतृत्वको चर्को आलोचना पनि गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपालको गुटमा रहेका उनी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘योजना विनाका नेता’ भन्छन् । प्रधानमन्त्री ओलीले सपना देखाए पनि योजना नहुँदा परिणाम दिन नसकिरहेको चौधरीको विश्लेषण छ । ‘प्रधानमन्त्री गुटमा सीमित हुनुभयो’, सांसद चौधरीले ‘प्रचण्डले पार्टीमा बुहारी विना मगरभन्दा सिनियर नेताहरु देख्नुभएन, छोरीका लागि भरतपुरमा मरिहत्ते गर्नुभयो ।

’केपी ओलीबारे चौधरीको थप टिप्पणी छ, ‘प्रधानमन्त्री भनेको देशको हो, तर, ओली प्रधानमन्त्री भएर बोल्दा कांग्रेसलाई गाली गर्नुहुन्छ, पार्टी अध्यक्ष भएर बोल्दा आफ्नै पार्टीका नेताहरुलाई उडाउनुहुन्छ । यो तरिका ठीक भएन ।’ नेकपा सांसद चौधरीले पक्की घरहरु भएको एकीकृत बस्ती आफ्नो सानैदेखिको सपना भएको बताए । ‘खरका घर चैत बैशाखमा जल्ने, साउन भदौमा चुहिने हुँदा कुनै बेला यो ठाउँमा पुग्छु र पक्की घर बनाउछु भन्ने सपना थियो’, चौधरीले भने ‘यही गर्छु भनेर भोट मागेँ, यसकारण यो मेरो प्रतिष्ठाको विषय पनि भयो ।’चौधरीले चुनावका बेला आफ्नो निर्वाचन क्षेत्रभित्रका खरका सबै घरहरुमा टिनको छानो लगाइदिने घोषणा गरेका थिए ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले पनि देशभरका खरको छानो हटाउने भनेर ६ अर्ब बजेट विनियोजन गर्‍यो । सरकारले खरको छानो भएका परिवारलाई टिनको छानो हाल्न ५० हजारका दरले रकम उपलब्ध गराउने गरी कार्यविधि पनि बनाइसकेको छ । यसरी आफ्नो चुनावी नारा पूरा हुने देखेका सांसद चौधरीले भने आफ्नो निर्वाचन क्षेत्रमा एकीकृत बस्ती नै बसाल्ने योजना बनाएका छन् । एउटा एकीकृत बस्तीमा ५ सयवटा घर, विद्यालय, स्वास्थ किल्निक, पसल लगायतका संरचनाहरु हुने उनले बताए ।

‘आर्थिक वर्ष ०७७/०७८ भित्र मेरो निर्वाचन क्षेत्रका सबै पालिकामा एकीकृत बस्ती बनाउँछु’, सांसद चौधरीले भने, ‘त्यसका लागि दातृ निकाय र संघीय सरकारका मन्त्रीहरुसँग समन्वय तथा आर्थिक सहायताका लागि चीन र भारत सरकारसँग कुरा भइरहेको छ ।’ जस्तापाता सरकारले दिने, ईंट्टासहित निर्माण सामाग्री आफूले जुटाउने र जनताले आफ्नो घरको गाह्रो आफैं लगाउने चौधरीले बताए । त्यसरी ०७६ भित्र ५ सय परिवार बस्ने चारवटा एकीकृत बस्ती बनाउने योजनामा अगाडि बढेको उनले बताए । ‘प्रत्येक घरको छानाको सरकारी टिनमा हाम्रो पार्टीको चुनाव चिन्ह सूर्य हुन्छ’, सांसद चौधरीले भन्छन्,

‘जनताले राति सुत्दा पनि छानामा सूर्य चिन्ह देख्न सकुन्, बाहिरबाट पनि जो कोहीले देख्न सकोस् ।’ छानामा चुनाव चिन्ह राख्दा अन्य दल र स्वयम् घरधनीहरुले मान्लान् त ? यस विषयमा प्रतिक्रिया आउन सक्ने तर, आफूले वीपी स्मृति भवन र जनमोर्चालाई अर्को घर पनि बनाइदिने घोषणा गरेको उनले बताए । ‘एक्सन लिएपछि क्रियाप्रतिक्रिया आउन सक्छ’, उनले भने, ‘त्यसमा मलाई कुनै प्रवाह छैन ।’ नेकपा सांसद चौधरीले पक्की घरहरु भएको एकीकृत बस्ती आफ्नो सानैदेखिको सपना भएको बताए । ‘खरका घर चैत बैशाखमा जल्ने, साउन भदौमा चुहिने हुँदा कुनै बेला यो ठाउँमा पुग्छु र पक्की घर बनाउछु भन्ने सपना थियो’, चौधरीले भने ‘यही गर्छु भनेर भोट मागेँ, यसकारण यो मेरो प्रतिष्ठाको विषय पनि भयो ।’

© Copyright by The News Nepal
Designed By Appharu