२१ वर्षको उमेरमा देशको लागी दुबै हात गुमाएका टिका, प्रेरणादायी टिकाले बाँचेको शानदार जीवन (भिडियोसहित)

जीन्दगी अनिश्चित घटनाहरुको संगम हो मान्छेले जीवन जिउने क्रममा जे जति अवस्थाहरुको पार गर्नुपर्छ, ति कसैका लागि सुखद र कसैका लागि दुःखद बनिदिन्छ आखिर जे परे पनि सहनैपर्छ कोहि कोहिले सहन सक्दैनन् र आफै आफ्नो जीवनको अन्त्य गर्नमा लाग्छन् तर कोहि मान्छे धेरै कुरा गुमाएर पनि सबै कुरा भएझैँ गरि बाँचिदिन्छन् र समाजमा यस्तै व्यक्ति उदाहरणिय हुन्छन् जसको कथा सुनेरै मात्र पनि बाँच्न मन लाग्छ हाम्रो समाजमा भएका यस्तै एक पात्र हुन्, टिका बम्जम

टिकाको बारेमा धेरै लेखिएको छ, पढिएको छ दुवै हात नभएर पनि उनी शानदार जीन्दगी बाँचिरहेका छन् उनको शक्ति उनको स्वर हो यहि स्वरका कारण उनी देश लगायत विदेशमा पनि प्रख्यात छन् उनको दैनिकी गीतसंगीत क्षेत्रबाट टाढा छैन कार्यक्रको सिलसिलामा बाहिर जानु र नेपालमा भएका बेला रेकर्डिङ लगायत गीतसंगीतकै विभिन्न कामका व्यस्त हुनु उनको नियमित कार्य हो संसारमा शरिरको कुनै एक अङ्ग नभएका व्यक्तिहरु थुप्रै छन् तर तिनले कसरी जीवनलाई सहज बनाईरहेका छन् र आफुलाई सम्हालेर अगाडि बढिरहेका छन् भन्ने कुरा महत्वपुर्ण हुन जान्छ टिका बम्जम अहिलेका व्यस्त गायक हुन् उनी गायक मात्र नभई गीतकार र संगीतकार पनि हुन् प्राय आफैले कम्पोज गरेका गीतहरु गाउन रुचाउने टिकाका थुप्रै गीतहरु चर्चित छन्

हेर्नुस भिडीयो

© Copyright by The News Nepal
Designed By Appharu