हास्य कलाकार राजु र बल्छिले मेरी बास्सै छोडे !

काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ का प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी धु्र्वे) र राजु पौडेल (राजु मास्टर) ले ‘मेरी बास्सै’ छाडेका छन् । सामाजिक संजाल फेस बुक मा स्टाटस लेख्दै आफु हरु अलग भएको घोषणा गरेका हुन् ।

राजु बल्छी ले भनेका छन् एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ।

तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ। हास्य कलाकार केदार घिमिरे र सिताराम कट्टेल धुर्मुसले मेरी बास्सै छोडे पछी यो जोडीले मेरी बस्स्सैलाई निरन्तरता दिदै आएको थियो ।

यस्तो छ मरिचमान श्रेष्ठ बल्छी धुर्बे को फेस बुक स्टाटस :एउटा स्कृप्ट राईटर भनेको खुल्ला आकासमा उड्ने चरा जस्तै हो उ जुनदिसामा नि आफ्नो पखेटा फैलायर उड्न सक्छ, तर त्यो चरालाई एउटा पिजडामा थुनेर राख्दा चरा पिजडाबाट बाहिर निस्किन खोज्दा कैले उसको टाउकामा चोट लाग्छ, कैले पखेटा भाचिन सक्छ यसो हुदा चरा बिरामी पर्न जान्छ र कुनै दिन मर्न पनि सक्छ। तर हजुरहरुको मायाले बाचेका हामी बल्छी र राजु मर्न चाहेनौ।

प्रसङ्ग मेरी बास्सैको हाम्रा गुरुहरु केदार धिमिरे(माग्ने बुढा )तथा सिताराम कटेल(धुर्मुस) ले छोडेपछि हामी द्वाय राजु मास्टर र मेरो कथामा हामी आफैले निर्देशन गर्दै आयको मेरी बास्सै मिडिया हबसंग विभित कुरामा सहमती हुन नसक्दा आजको मीतीबाट हामील मेरी बास्सै बाट अलग भयका छौँ।

यस कदमबाट हाम्रा भगवनरुपी दर्सकहरुमा पर्न गयको असर प्रति क्षमाप्रार्थी छौँ।हाम्रा दर्सकहरुको यो अपार मायालाई यत्तिकै मर्न दिने छैनौं र हामी बाचा गर्नेछौं, चाडाे भन्दा चाडाे यही बल्छी अनि राजु मास्टरकै भेसमा अर्को नयाँ कार्यक्रमको साथमा हजुरहरु माझ आउने छौँ। र सधै यस्तै मायाको अपेक्षा गर्नेछौ। धन्नेबाद बल्छी/राजु।

© Copyright by The News Nepal
Designed By Appharu