विदेशबाट घर आउदा छिमेकिसंग पोइला गएपछि छिमेकीको श्रीमतीलाइ नै घर भित्राए हर्केले (भिडियो)

नेपालमा बेरोजगारी समस्याका कारण आफ्नो र परिवारको सुन्दर भविष्यको लागि आमाबुवा, साथी भाई अनि परिवार नै त्यागेर बैदेशिक रोजगारीमा जाने गर्छन नेपाली युवाहरु । बिदेशमा दिनरात मेहनत गरि कमाएर परिवारलाई पैसा पठाउछन । कतिको काम गर्दा गर्दै मृत्यु भएर बाकसमा बन्द भएर नेपाल आइपुग्छन भने कोहि दुर्घटनामा परि घाइते भएर घर आइपुगेको घटनाहरु धेरै सुन्न र देख्न पाइन्छ ।

विदेशबाट युवाहरुले दुख गरेर कमाएको पैसाले मुलुकको गर्जो त टरेको छ तर उनी युवाहरुको व्यक्तिगत जीवनलाई भने तहसनहस नै पारेको छ ।कतिका परिवार विदेशबाट पठाएको पैसा नै बोकेर अर्कै संग पोइला गएको पनि हामीले बारम्बार देख्दै र सुन्दै आएका छौ । परदेशीको कथामा आधारित एउटा भिडियो आज हामी तपाईहरुलाई देखाउन लागेका छौ ।

उक्त भिडियोमा एक युवकको मन छुने कथामा आधारित देख्न सकिन्छ । रोजगारीको शिलशिलामा आफ्नो परिवारलाई छोडेर बैदेशिक रोजगारीमा गएका नेपालीलाई समेटेर बनाएको यो भिडियोमा नेपालीको वास्तविक कथा लुकेको छ ।युट्युबमा ‘परदेशीको पिडा’ नामक एउटा लघु चलचित्र सार्वजनिक भएको छ । उक्त भिडियोमा परदेशीको पिडालाइ चित्रण गरिएको छ । भिडियो बिष्णु सापकोटा ‘ हर्के हल्दार’ को च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त लघु चलचित्रको छायांकन बुद्ध थापाले गरेका हुन् भने निर्देशन शिब शर्माले गरेका हुन् । सम्पादन राज कार्की को रहेको छ भने संगीत डीज राज पौडेल र स्मृति राईको छ ।उक्त लघु चलचित्रमा शिब शर्मा कंडेल, शारदा गिरि, अस्मिता बस्नेत, केशब सापकोटा, सरु दाहाल, लक्ष्मी तिमल्सिना, राजेन्द्र गिरि, धर्म राज जोशी, अशोक मोक्तान र बिष्णु सापकोटाको अभिनय रहेको छ ।

© Copyright by The News Nepal
Designed By Appharu