रातभर दुई छोरीलाई कारमा थुनेर पार्टीमा गएकी आमालाई अदालतले सुनायो ४० वर्ष जेल सजाय

एजेन्सी । दुई छोरीलाई कारमा थुनेर रातभर पार्टीमा गएर भोलिपल्ट घर आएकी आमालाई अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ । बन्द कारमा रात भर थुनिएपछि निस्सासिएर सास फेर्न नसकेपछि २ छोरीले कारमै ज्यान गुमाएका थिए । दुई छोरी सहित कार लिएर निस्केकी ती महिला छोरीहरुलाई कारमा थुनेर साथीहरुसँग घुम्न निस्किएकी थिइन् ।

पार्टीमा साथीहरुसँग नशामा डुबेर छोरीहरु भुलेकी ती महिलाले छोरीहरुलाई सधैको लागि भुल्न बाध्य भएकी छन् । छोरीहरुलाई करिब १८ देखि १९ घण्टासम्म गाडीमा थुनिएपछि गाडीमा हावा छिर्न नपएर अत्याधिक गर्मी बढेपछि बच्चाहरुको निसास्सिएर मृत्यु भएको थियो । जब आमा होसमा आइन र छोरीहरु छोडेर गएको कारमा पुगिन् त्यहाँ पुग्दा दुवै बालिकाको मृत्यु भइसकेको थियो ।

मृत्यु भइसकेका बालिका लिएर अस्पताल पुगेपछि डाक्टरले बालिकाहरुलाई ४० घण्टासम्मा बचाउन कोसिस त गरे तर नसकेपछि बालिकाहरुको मृत्यु भयो । त्यसपछि अदालतले बच्चको हेरचाह सम्बन्धमा ती महिलालाई अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu