अचानक दुई पक्ष बीच गोली चल्यो, स्थानीयहरुको भागाभाग !

काठमाडौं । भारत पाकिस्तान सीमा क्षेत्रमा लामो समय देखि तनाब जारी रहेको छ । हिजो पाकिस्तानी सेनाले शनिवार जम्मू कश्मीर राज्यको पुंछ जिल्लामा दुई देश बिचको नियंत्रण रेखा (एलओसी) पार गर्दै भारतीय क्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको छ । भारतीय रक्षा प्रवक्ताले यो कुराको जानकारी दिनु भएको छ । उहाँका अनुसार पुंछ सेक्टर सीमामा हिजो बेलुका ६ बजे तिर गोलाबारी भएको हो ।

प्रवक्ताका अनुसार भारतीय सेनाले पनि जवाफमा गोली चलाएको थियो । पाकिस्तानद्धारा गरिएको संघर्ष विराम उल्लंघनले भारतीय पक्षलाई कुनै मानविय क्षति नभएको जानकारी दिनु भएको छ । आधिकारिक सूत्रका अनुसार पाकिस्तानी सेनाले शाहपुर र केरनीलाई मध्यनजर गरेर गोली चलाएको थियो । दुई पक्ष बिच भएको गोलाबारीले त्यहाँ भएका स्थानीयहरुमा भागदौड मच्चिएको जनाइएको छ । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu