दिल्लीमा समर्थकलाई सन्दीपको नेपालीमै सम्बोधन

काठमाडौं : इन्डीयन प्रिमियर लिग आइपिएल क्रिकेटका लागि नयाँ दिल्ली पुगेका नेपाली क्रिकेटर सन्दीप लामिछानेले खेलप्रेमी नेपालीलाई धन्यवाद दिएका छन्। संसारका जुनसुकै ठाउँमा पुगेपनि दर्शकको साथ पाएको र आगामी दिनमा पनि साथ, सहयोग र माया पाउने अपेक्षा उनले गरेका छन्। दिल्ली क्यापिटलको वेभ साइट मार्फत नेपालीमै उनले आफ्ना समर्थकलाई सम्बोधन गरेका हुन् ।

संसारका जुनसुकै ठाउँमा जाँदा पनि नेपालको नाम बोकेर हिँडेको भन्दै उनले नेपाली क्रिकेटलाई सधैँ साथ, सहयोग र माया आवश्यक रहेकोमा उनले जोड दिएका छन्। दिल्ली क्यापिटलमा आबद्ध सन्दीपले आफ्नो टिमलाई समर्थन गरिदिन सन्दीपले आग्रह गरे।बुधबार दिल्ली पुगेका सन्दीपले आइपिएलको तयारी थालेका छन्। शनिवारदेखि आइपिएलको सन् २०१९ सिजन सुरु हुँदैंछ।

सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले आउँदो आइत बार लिगको पहिलो खेल मुम्बईमा मुम्बई इन्डीयन्ससँग खेल्नेछ। अघिल्लो वर्ष आइपिएलमा आबद्ध भएका सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए।अघिल्लो वर्षको प्रदर्शनका आधारमा दिल्लीले उनलाई सन् २०१९ को सिजनका लागि रिटेन गरेको थियो।

© Copyright by The News Nepal
Designed By Appharu