टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनीको पहिलो म्युजिक भिडियो २४ घण्टा नबित्दै यति धेरै पटक हेरियो

पछिल्लो समय युट्युबमा कृष्ण ओलीको भिडियो बनाएर चर्चामा आएका शिशिर भण्डारीको नया गीत सार्बजनिक भएको छ। महँगो बजेटमा निर्माण गरिएको हाम्रो माया जिन्दाबाद बोलको यस गीतको प्रतिक्षा उनको फ्यान लगायत सबैले गरेको थियो। निकै आक र्षक बनेको यस गीतमा युट्युबर शिशिर भण्डारी संग टिकटककि क्विन जुम्ल्याहा दिदीबहिनी प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय देख्न सकिन्छ।

हाम्रो माया जिन्दावादको अफिसियल भिडियो निकै बनेको छ।अहिले सम्म अन्तर्वार्ता र टिकटकमा देखिएकी जुम्ल्याहा क्विन प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अब भने म्युजिक भिडियोमा समेत देखिएकी हुन्। उनीहरुको अभिनय ले भिडियो निकै उत्कृष्ट बनेको छ । शिशिरले आफ्नो जन्मदिन पारेर गीत सार्बजनिक गरेका हुन् । सानैदेखि गायन क्षेत्रमा पनि रुचि भएका शिशिर भण्डारीले यो गीत आफैले गाएक हुन् ।

यसपटक शिशिरले नयाँ नचाउने गीत लिएर आएका हुन्। शिशिरकै शव्द रहेको गीतमा राजनीति र माया मिश्रण गरी शव्द कोरिएको छ । यस गीतमा प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको जोडी सहित दिपा दमंता को जोडी सहित एक जोडी जुम्ल्याहा युवकको जोडी समेत भिडियोमा देख्न सकिन्छ। सिशिर्ले यस गीतमा तीन जोडी जुम्ल्याहरुलाइ अभिनय गराएका छन् । गीतको अन्तमा प्रिज्मा र प्रिन्सीले पनि जुम्ल्याहा दाजु भाई संगै प्रेममा फसेको देखाइएको छ ।प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाको अभिनय रहेको यस गीतमा शिशिर भण्डारीले निकै दमदार अभिनय गरेका छन्।

करिब ४ लाखको आसपासमा खर्च भएको यस भिडियोमा सबै उत्कृस्ट प्राबिधिक रहेका छन् । कुनै ठुलो बजेटको फिल्म भन्दा राम्रो यो गीत बनेको छ।टिकटकबाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय रहेको पहिलो म्युजिक भिडियो हिजो दिउँसो मात्र रिलिज भएको हो।रिलिज गरिएको २४ घण्टा नपुग्दै यो गीत युट्युबको ट्रेन्डिङ ७ मा आएको छ ।

‘हाम्रो माया जिन्दाबाद’ बोलको गीतमा स्वर शिशिर भण्डारी र बिन्दु परियारको रहेको छ भने यो गीत हाल युट्युबको ट्रेपन्डङ नम्बर १२ मा आइपुगेको छ । हाल यो रिर्पोट तयार पार्दासम्म यो गीतको भ्युज ५ लाख पुगेको छ भने भ्युज आक्रमक रुपमा बढीरहे को छ । यस गीतमा दीपक सिलवालको सङ्गीत रहेको छ भने शब्द शिशिर भण्डारीले लेखेका हुन् । म्युजिक भिडियोमा टिकटकबाट भाइरल अरु दुई जुम्ल्याहा दीपा श्रेष्ठ र दमन्ता श्रेष्ठ र शरद थापा र बसन्त थापा देखिएका छन्।

© Copyright by The News Nepal
Designed By Appharu