फोनबाट यौन प्रस्ताव राख्ने उपमेयरका श्रीमान पक्राउ

महिलालाई फोनबाट अश्लील शब्द प्रयोग गरी शारीरिक सम्पर्कका लागि होटलमा बोलाएको आरोपमा प्रहरीले एक जनालाई निजगढबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका –७ खजानी बस्ने ३९ वर्षीय जयन्त कुश्वाहा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । पक्राउ परेका कुशवाह सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाको श्रीमान रहेको प्रहरीको भनाइ छ ।

कुशवाहलाई पीडित महिलाको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले प्रहरीलाई सूचना दिई कुशवाहासङ्ग बुधबार निजगढमा भेट्ने योजना बनाएको प्रहरीको भनाई छ ।कुशवाहाले पीडित महिलालाई करिब एक महिना अघिदेखि आर्थिक प्रलोभन देखाइ फोन मार्फत शारीरिक सम्पर्कका लागि दबाब दिदै आएको प्रहरीले बताएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu