‘टुप्पी पाल्छु, जनै लाऊछु तर म हिन्दु होईन’ : कृष्णविनाेद लम्साल (भिडियो सहित)

कृष्णविनोद लम्सालको जन्म २००६ सालमा भोजपुर जिल्लाको दिङ्लामा भएको हो । उहांको पिताको नाम स्व. केशव लम्साल तथा माताको नाम स्व. सरस्वता लम्साल हो । लगनशिल साहित्यकार तथा अग्रज पत्रकार लम्साल हाल इटहरीको बालग्रामचोकमा बसोवास गर्नुहुन्छ ।

उहांका बन्दी आस्थाहरु (कविता सङ्ग्रह) परिस्थितीका मुद्दाहरु (कथा सङ्ग्रह)पूर्वान्चलमा यातायातको अवस्था : विगत र वर्तमान (खोज अनुसन्धान) विभाजित समय (उपन्यास) युगान्तर (कथा सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् । २०३३ साल देखी पत्रकारितामा संलग्नता रहनु भएकाे लम्साल प्रगति पाक्षिक तथा प्रतिनिधि साप्ताहिकको सम्पादक समेत भएर कार्य अनुभव बटुल्नु भएको छ । उहां इटहरी साहित्यिक समुहको अध्यक्ष तथा षडानन्द स्मृति प्रतिष्ठान इटहरीको संस्थापक सदस्य हुनुहुन्छ ।

उहांले जेष्ठ नागरिकको अनुभव नयां पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विभिन्न संचार मध्यमबाट विगत लामाे समय देखि जेष्ठ नागरिक सम्बन्धि कार्यक्रम समेत संन्चालन गदै आउनु भएको छ । विभिन्न सामाजिक शैक्षिक तथा साहित्यिक संङ्घ संस्थाहरुबाट सम्मानित हुनुभएको लम्साल साहित्य र पत्रकारिता समाजकाे ऐना हो भन्ने मान्यता राख्नुहुन्छ ।

भिडियाे

© Copyright by The News Nepal
Designed By Appharu